0 COMMENTS

असोज ७, काठमाडौँ / एमाओवादी नेता बाबुराम भट्टराई मधेस आन्दोलनलाई समर्थन गर्न भोली जनकपुर जाने तयारीमा रहेकाे समाचार स्राेत ले जनाएकाे छन् । संबिधान घोषणा हुनु अगावै पनि मधेशीहरुलाई आन्दोलनमा सहभागि हुन उचालेकाे आरोप लागेका भट्टराई आफै मधेशी आन्दोलनलाई सघाउन जनकपुर जाने भएका हुन् ।

भट्टराई आफैपनि आन्दोलनमा जाने भएपछी उनीप्रति नकारात्मक टिकाटिप्पणी उठाउन थालिएका छन् । भट्टराईले जनकपुरमा शुक्रबार आन्तरिक तयारी गरेर शनिबार पत्रकार सम्मेलन मार्फत आन्दोलनका समर्थन गर्ने कार्यक्रम बनाएका स्राेतले बतायाे   । भट्टराईसंगै एमाओवादीका मधेशी नेताहरुको टोली जनकपुरतर्फ जाने भएका हुन् । नेता भट्टराईले जनकपुरमा गएर मधेशका नेताहरुको भेला गराई आन्दोलनलाई समर्थन गरेको सन्देश दिने कार्यक्रम रहेकाे छ ।  बिरगंजको पर्सादेखि सप्तरीसम्म आठ जिल्लाका एमाओवादी जिल्ला स्तरका नेताहरूको भेला राखिएको छ ।

पर्सादेखि सप्तसरीसम्मका आठ जिल्लाका एमाओवादी जिल्ला अध्यक्षहरु र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेताहरुसँग आन्दोलनको पक्षमा लाग्नेबारे छलफल गर्ने तयारी छ । ९ गते मधेस आन्दोलनप्रति समर्थन घोषणा गरेर १० गतेको केन्द्रीय बैठकका लागि बाबुराम काठमाडौँ फर्किनेछन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।