0 COMMENTS

असोज ७, काठमाडौँ ।  समाचार अनुसार विरगंजमा आन्दोलनरत नेता तथा कार्याकर्ताहरुलाई भन्सार र दशगजाबाट हटाउन प्रहरीले चार राउण्ड अश्रु ग्यास र एक राउण्ड गोली फायर गरेको छ । प्रहरीको आक्रमणसंगै त्यहाँको स्थिति तनावग्रस्त बनेको छ ।

आवात जावत ठप्प पारेर मोर्चाका नेता-कार्यकर्ताहरु विहीबार विहानदेखि मितेरी पुलमा बसेका थिए । उनीहरुले सडकमै पाल टाँगेर बस्ने र चौबिसै घण्टा धर्ना दिने बताएका थिए ।

प्रहरीले उनीहरुलाई हटाउन खोज्दा स्थिति तनावपूर्ण भएको छ । प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान भएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।