0 COMMENTS

ss1काठमाडौं– वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूले अन्तिम श्रम स्वीकृति लिने ठाउँ हो, श्रमग्राम ताहाचल । बारम्बार रकमको चलखेल हुने भन्दै विवादमा आइरहने र प्रायः अख्तियारको आँखा परिरहने श्रमग्राममा बुधबार पनि एकजना सेवाग्राही ठगिएका छन् ।
दशैंलगत्तै दुबई फर्कनुपर्ने भएकाले दशैंमा सरकारी कार्यालयहरू बन्द हुने भएकाले फर्कदा झन्झट नहोस् भनेर बागलुङका बुद्धिबहादुर स्याङ्तान दिनको २ बजे अन्तिम श्रम स्वीकृति लिन श्रमग्राम ताहाचाल पुगे । उनी पुग्नासाथ स्याङ्तानलाई श्रमग्राममा खटिएका सुरक्षाकमीले गेटबाट भित्र छिर्न नै दिएनन् । गेटबाट श्रम स्वीकृति लिनका लागि व्यक्तिगत श्रम स्वीकृति लिन भित्र जान खोज्दा सबै दैनिक कामकाज आजको रोकिसकेको छ, त्यसैले भित्र जान मिल्दैन भनेर उनलाई भित्र पस्नै दिइएन ।
त्यसरी उनलाई गेटबाटै भित्र छिर्न नदिएपछि निराश हुँदै बाहिर बसेर खाजा खान लागेको बेला सँधै सेटिङ गर्ने बिचौलिया आएर उनलाई ७ सय रूपैयाँ दिने भए श्रम स्वीकृति मिलाइदिने भन्दै रकम मागेको स्याङ्तानले बताए । उनका अनुसार त्यसरी रकम दिँदा मलाई २ सय र ५ सय चाहिँ पुलिस र कर्मचारीलाई बुझाउनुपर्छ भनेर रकम लिए । अघिसम्म भित्र छिर्न नदिने उही प्रहरी जसले बिचौलियाले रकम दिएपछि भने सरासर भित्र छिर्न दिए ।
त्यसपछि तिनै बिचौलियाले स्याङ्तानलाई व्यतिगत श्रम स्वीकृति लिने विभागमा लगेर गए र तत्कालै हातमा टोकन थमाइदिए । केही समयपछि स्याङ्तान श्रम स्वीकृति लिएर घर फर्किए ।
यसरी श्रमग्राममा विभागकै प्रहरी र कर्मचारीहरूबाट दैनिक सेवाग्राहीहरू लुटिइरहने बताउँछन् ताहाचलका प्रत्यक्षदर्शीहरू । स्रोतकाअनुसार दशैँ आउन लागेको भन्दै खुलेआम प्रहरी र कर्मचारीहरूले सेवाग्राहीहरूबाट घुस लिइरहेका हुन्छन् । साभार इ प्रभाव 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।