0 COMMENTS

नेपालमा दूरसञ्चार सेवा प्रदान गर्दै आएको एनसेलको लगानी उसको माउ कम्पनी टेलियासोनेराले फिर्ता लैजाने भएको छ । टेलियासोनेराले विज्ञप्ति निकालेर नेपालको एनसेलमा गरेको लगानी फिर्ता लैजाने घोषणा गरेको हो ।

नेपाल सहित काजकस्तान, उज्वेकिस्तान, अजरवैजान, जर्जिया, माल्डोभा र ताजकिस्तानमा रहेको लगानी फिर्ता लैजाने टेलियासोनेराले बताएको छ ।

यो कम्पनीले अब युरोप र स्विडेनमा आफ्नो सेवा विस्तारसहित ध्यान केन्द्रीत गर्ने उद्देश्यले नेपालसहितका देशहरुबाट बाहिरिने घोषणा गरेको हो ।

टेलियासोनेराको एनसेलमा ८० प्रतिशत सेयर छ । एनसेलको नेपालमा चुक्ता पुँजी ९ करोड ८० लाख रुपैयाँ छ । गत आर्थिक वर्षमा साढे ८ अर्व नाफा गरेको एनसेल लगातार तीन बर्षदेखि नेपालको सबैभन्दा ठूलो करदाताका रुपमा रहँदै आएको छ ।

जिएसएम मोबाइल सेवा प्रदान गर्दै आएको एनसेलका करिब डेढ करोड प्रयागकर्ता नेपालमा छन् ।

टेलियासोनेराको विज्ञप्ति पढ्न यहाँ क्लिक गर्नुहोस्ः –

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।