0 COMMENTS

KP-Oliकाठमाडौं – एमाले अध्यक्ष केपी ओलीले झुक्काएर अंगीकृत नागरिकता फुत्काउदैमा कसैलाई राष्ट्रपति–प्रधानमन्त्री बनाउन नसकिने बताएका छन् । नागरिकताका विषयमा वहस जारी रहेको बेला ओलीको यस्तो प्रतिक्रिया आएको हो ।

सहाना प्रधानको प्रथम स्मृति दिवसको सन्दर्भमा ‘नयाँ संविधान र नेपालको भावी दिशा’ विषयक विचार गोष्ठीमा बुधबार बोल्दै भारतले आफ्ना चाहनाका रुपमा दलका नेताहरुलाई बुझाएको सात बुँदेमा यस्तो विषय उठाएपछि ओलीले त्यसो जवाफ दिएका हुन् ।

‘अंगीकृत नागरिक फुत्काउँदैमा राष्ट्रपति प्रधानमन्त्री हुन पर्छ भन्ने कुरा जायज छैन, त्यो हुन दिँदैनौँ । केहि विदेशी आएर अंगीकृत नागरिकता फुत्काएका होलान । ’ ओलीले भने, ‘ अंगीकृत नागरिक फुत्काउँदैमा राष्ट्रपति प्रधानमन्त्री हुन पर्छ भन्ने कुरा मान्न सकिन्न । हामी हुन दिदैनौँ । ’ ओलीले अमेरिकामा पनि त्यहाँको जन्मजात बाहेक अरुले राष्ट्रपति बन्न नपाउने बताए ।

‘नयाँ संविधानको धारा २८३ मा पुर्खादेखी नै नेपालमा बस्दै आएका नागरिकले मात्रै राष्टपति, उपराष्टपति, प्रधानमन्त्री, प्रमुख न्यायाधिस, संसद्को सभामूख, राष्टियसभाको अध्यक्ष, राज्यको प्रमुख, मुख्यमन्त्री, लगायतका पदमा आसिन हुन पाउने बताइएको छ । सो गर्दा मधेसी समूदायमाथि आपत्ति हुनेभन्दै भारतले जन्म र प्राकृतिक रुपमा नेपाली रहेकाहरु सबैले यस पदमा उठ्न पाउने व्यवस्था गर्न माग गरेको छ ।’ भारतको साँत बुँदेमा छ ।

ओलीले दुई चार जनाले भनेको सवैले मान्नुपर्छ भन्ने सम्भव नहुँने बताए ।‘ लोकतन्त्रको यो हुँदैन, तानशाहीमा मात्र हुन्छ ।’ ओलीले भने ।

ओलीले संविधानले दाल चामल नभई अधिकार लिएर आएको पनि बताए । ‘संविधानले दाल चामलका बोरा लिएर आउँदैन, अधिकार लिएर आउने हो ।’ उनले भने, ‘जनताको वीचमा गएर के पाउनु भयो भनेर भड्काउन खोजिएको छ । त्यो ठिक छैन । हामीले अधिकार दिएका छौँ ।’

ओली नयाँ सरकारको विषयमा भने केही बोलेनन् । झापा मोरङ सुनसरीका जनता भन्द ाबाहिरका मानिसले त्यहाँको सीमाङ्कन उठाएको ओलीको भनाई थियो ।

कार्यक्रममा काग्रेस उपसभापति रामचन्द्र पौडेलले संविधानमा तराई–मधेश केन्द्रित दलसँग विगतमा भएका सहमति समेटिएको दावी गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।