0 COMMENTS
11923050_734566323339753_72065228_n
कमलराज श्रेष्ठ

राजाको घमण्ड,माओवादिकोअभाग,कांग्रेस एमालेको अवसर:नयाँ संविधान परिणाम देशमा नयाँ शक्तिको खाँचो

 

 राजाको घमण्ड – आधुनिक युगमा पनी तानाशाही युगकाे राजतन्त्र कल्पना गर्नु मुर्खता थियो।प्रविधी र संचारको पर्याप्त सुबिधा हुदाहुदै पनि जनताको चाहना नबुझी राजा ज्ञानेन्द्रले सीमित गलत व्यक्तिहरुको भ्रामक सल्लाहमा भर पर्दै आफ्नो घमण्डको कारण नै राजतन्त्र ढलेको थियो न कि नेपाली जनताले।

तत्काल संकटको समयमा राजाले देश भ्रमण गरि मौन शीर हल्लाउदै हिड्नुको सटाे जनताको समस्यालाइ ध्यान दिई राजा भनेको अभिभावक हो भन्ने विश्वास जनतालाई महसुस गराउन सक्नु पर्थ्यो।आखिर केही गलत भाइभारदारको भ्रममा फसी जनतालाई जन्तु ठान्नाले तत्कालीन राजा ज्ञानेन्द्र दरवार त्याग्न बाध्य भएकै हो।

माओवादीले जितेर पनि हार्नु पर्‍यो -२०५२ सालबाट माओवादीले जुन मुद्दाहरुलाई प्राथमिकताकासाथ उठाएका थिए, यो नयाँ संबिधानमा विशेषत त्यहि मुद्दाहरु कै प्रतिनिधित्व गर्दै जारी भएको छ।यश अर्थमा माओवदीले जितेकै हो।तापनी माओवादी टुक्रा टुक्रा भएर विभाजन हुनु र अन्तमा बाबुराम समेतलेआफ्नै एजेण्डा सहजै स्वीकार्न नसक्नु,वैद्य, विप्लव, मातृकाहरु संविधान प्रकृयाबाट नै                      बाहिर हुनु यी सबै कारणले गर्दा पनि माओवादी पक्षधरहरुले आफू पराजित भएको महसुस गर्न बाध्य हुनु अस्वभाविक होइन।

काँग्रेस,एमाले चतुर अवसरवादी – १० बर्षे जनयुद्ध गर्दा माओवादीले गणतन्त्र, संघियता जस्ता मुद्धाहरु बोकेर राजतन्त्रको खुलेरै विरोध गर्दै गर्दा काँग्रेस एमालेहरु राजाको पाउमा मोहर चढाउदै धनुष बनेर अभिवादन गर्दै थिए।जब राजाको घमण्ड र गलत कदमको कारण दरवार कम्जोर हुँदै गयो,काँग्रेस एमालेहरुले राजालाई दुधको झिंगा फ्याँके झै फुत्त फ्यांक्न कति पनि हिच्किचाएनन।र माओवादी कै एजेण्डाहरुमा सहि थाप्दै माओवादीहरुलाई कम्जोर बनाउन विविध खेलको नियमहरु शृजना गर्दै माओवादीको सक्तिलाई तहस नहस बनाएर आधा दसकभन्दा बढी समय लगाएर माओवादी कै एजेण्डा गणतन्त्र, संघियता र धर्म निरपेक्षतालाई आफुहरुले स्थापित गरेको हो भन्ने स्थितीको सृजना पश्चात् नै नयाँ संबिधानको घोषणा भयो।

राजा फर्काउने समुहहरु र हिन्दुवादीहरु राजा आऊ देश बचाऊ भन्नेहरुका फरक फरक समुहहरुले खासै अर्थ राख्ने अवस्था थिएन किनकी एउटै चाहना हुदाहुदै पनि विभिन्न झुण्डमा राजालाई प्रभावित पार्ने गतिबिधिइ गरिरहदा राजाले आशीर्वाद दिन भ्याएनन र दिने स्थिती पनि थिएन किनभने राजाले पनि अब आफ्ना कम्जोरिलाई सायद बुझिसकेका थिए होलान। यस्तै हिन्दुवादीहरुको नौटंकी अझ चाख लाग्दो थियो, सबैको चाहना ८०%हिन्दु भएको देशमा हिन्दुराष्ट्र हुनु पर्छ भन्नू गलत त थिएन।

तर एउटै चाहना हुदाहुदै पनि १००भन्दा बढी हिन्दुवादीहरुको फरक संगठनहरु कालन्तरमा त्यही १०० भन्दा बढी संगठनहरुको अनेकता कै कारण धर्म निरपेक्ष बन्न सफल मधेसका मुद्दा र छिमेकी खुला सीमा भएकै कारण नेपालले नचाहदा नचहादै पनि भारत संग सद्भाव र उसको विविध्ह अभिष्टहरुलाई पुर्ण गर्नु पर्ने नेपालको लागि पुरानै रोग हो।

तथापी यो संविधान प्राय:पुर्णरुपेण भारतीय इच्छा विपरित भएकै हुन सक्छ । यद्यपि काँग्रेस, एमाले, माओवादीलाई समेत आज यो स्थितीमा पुर्‍याउने श्रेय पनि भारतलाई नै जान्छ।उसकै आशीर्वाद र इशाराले नै विभिन्न कालखण्डमा राजा विरुद्धका क्रान्ती सफल भएको हो। सायद आज यी दलहरुले पश्चिमाहरुको प्रलोभनमा फसी जुन थालमा खायो त्यही थालमा थुक्यो भन्ने आशयले भारतलाई पोलेकै हुनुपर्छ।

भविष्यमा यस्ता इखहरुले देशमा मधेसका मुद्धाहरुले उग्र गति लिदै असहज स्थिती उत्पन्न हुन सक्ने सम्भावना पनि त्यतिकै प्रस्ट देखिदै छ। यशअर्थ पनि आगामी दिनहरुमा देशमा शान्ति, निकास र विकासका सम्भावनाहरु अत्यन्त न्यून देखिन्छ भन्दा गलत नहोला। किनकी राजावादी र हिन्दुवादीहरुको असन्तुष्ट समुहहरु चुप बस्ने स्थिती देखिदैन। त्यसरी नै आदीवासी,दलित,जनजातीका मुद्धाहरु पनि प्राय पेण्डिङ्ग अवस्थामा नै छ्न।माओवादीको मुद्धाहरुको विजय भए तापनी माओवादी इत्तरहरुले जितेको महसुस गर्ने वातवरण बनेन र क्रान्तिलाई निरन्तर दिइराखेकाछन।

छिमेकी सन्तुष्ट नहुँदा मधेसमा लागेको आगो पनि त्यति सहजै निभ्ने सम्भावना पनि न्यून छ। उपरोक्त विविध असहजताहरुको बीचबाट जारी भएको संबिधानले देशलाई शान्ती र निकास दिन प्राय असम्भव नै देखिन्छ।यसले त देशलाई अझ सीरिया, सोमालिया, सुडान उन्मुख नगराउलान भन्ने स्थिती रहेन। यसस्थितीमा अब टुक्रीयका नेपाली मनलाई एकीकरण गरि सामाजिक सद्भाव र राष्ट्रीय एकतालाई पुन स्थापित गर्न सक्ने नयाँ शक्तिको आवश्यक छ।

त्यो नयाँ शक्ती जनताको बीचबाट नेपाली मन र भावनालाई समेट्न सक्ने नेपाली वादको सिद्धान्तमा आउनु पर्छ। कुनै पनि प्रकारको अतिवाद्लाई प्रश्रय दिइएको हुनुहुदैन।त्यो केवल नेपाल र नेपालीको पक्षमा हुनु जरुरी छ। नयाँ शक्ती नेपाल चाहन्छ, त्यो नयाँ शक्ती यस्तो नयाँ होस जहाँ पुराना शक्तिको छायाँ सम्म पनि परेको नहोस नितान्त जनताको नयाँ शक्ती होस।

जय नयाशक्ती नेपाल कमलराज श्रेष्ठ

केन्द्रीय सह संयोजक, नयाशक्ती नेपाल

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।