काठमाडौं, ६ भदौ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मधेसको समस्या सामाधान नभएसम्म पदबाट राजीनामा नदिन नेपालका प्रधानमन्त्री सुशील कोइरालालाई संदेश पठाएका छन् । मोदीको संदेश भारतीय राजदुत रञ्जितर रे ले नेपाल फर्किए लगतै प्रधानमन्त्री कोइरालालाई दिएको स्रोतले बताएको छ ।
नेपाल फर्के लगतै विमानस्थलबाट सिधै प्रधानमन्त्री निवास बालुवाटार पुगेका राजदुत रेले मधेसको समस्या सामधान नभएसम्म राजीनामा नदिन मोदीको संदेश कोइरालालाई दिएका छन् ।
तत्काल सरकार परिवर्तन भए मधेसबादी दलका समस्या सामधान नुहँने भन्दै मोदीले संविधान संशोधन गरी मधेसीका माग पुरा भएपछि मात्र पदबाट राजीनामा दिन आग्रह गरेका छन् ।
मोदीले नेपालमा देखिएको तीन दलिय गठबन्धनलाई तोड्न प्रधानमन्त्री कोइरालालाई यस्तो संदेश पठाएको अनुमान गरिएको छ । तीन दलिय सहमति अनुसार संविधान बनेपछि प्रधानमन्त्री कोइरालाले राजीनामा दिने र एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुने सहमति गरिएको थियो । उक्त सहमति कार्यान्वयन हुन नदिए तीन दलिय गठबन्धन टुट्ने भारतले आकंलन गरेको छ ।
भारतले निरन्तर असन्तुष्टी जनाइरहेका बेला नेपालमा संविधान जारी भएको थियो । संविधान जारी भएलगतै भारतीय राजदुत रे ब्रिफिङका लागि दिल्ली पुगेका थिए । दिल्लीमा राजदुत रेले नेपालको पछिल्लो अवस्थाका बारेमा प्रधानमन्त्री मोदी र विदेशमन्त्री सुष्म स्वराजलाई ब्रिफिङ गरेका थिए ।
भारतमा लामो छलफलपछि नेपाल फर्केका राजदुत रे त्रिभूवन विमानस्थलबाट सोझै प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । उनले भारत सरकारको पछिल्लो धारणा बारेपनि प्रधानमन्त्री कोइरालालाई अवगत गराएको स्रोतले बताएको छ ।
प्रतिक्रिया दिनुहोस्