0 COMMENTS

oli५ असोज, काठमाडौं /नेकपा एमालेका अध्यक्ष केपी ओलीले भारतले नेपाललाई नाकाबन्दी गर्न नसक्ने दाबी गरेका छन ।

आज नेकपा एमालेले नयाँ संविधानको खुसीयालीमा आयोजना गरेको चियापान कार्यक्रममा बोल्दै अध्यक्ष केपी ओलीले भारतले नेपाललाई नाकाबन्दी गर्न नसक्ने बताएका हुन ।

असुरक्षाको विषय देखाउँदै नाकाबन्दी गर्न खोज्नु गलत भएको बताउदै, सुरक्षा खतराका कारण भारतलाई अफ्ठेरो हुनुपर्ने कारण नभएको बताएका छन ।

ओलीले यसविषयमा आफूहरू भारतसरकारसँग वार्ता गर्न तयार रहेको जनाएका छन ।

ओलीले यो संविधान नेपाली जनताको पक्षमा भएको र यसमा भारत असहमत हुनुपर्ने कुनै कारण नभएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।