0 COMMENTS

५ असोज, काठमाडौं । संविधान निर्माण प्रक्रियालाई लिएर असन्तुस्ट  देखिएको भारतले सीमा नाका बन्द गर्ने संकेत देखाएको भोलिपल्ट रक्सौलबाट तेल भरेर भन्सार आइपुगेका तेलका ट्यांकरहरुलाइ भन्सार जाँचपास नगरीई  भारतले मंगलबार नेपाल प्रवेश गर्न दिएन ।

Tranker-oilयसअघि भारतले सोमबार साँझ विज्ञप्ति जारी गर्दै तराईमा भएको आन्दोलन सुल्झाउन आग्रह गरेको थियो । साथै उसले सीमाक्षेत्रमा भइरहेका हिंसात्मक गतिविधिको कारण देखाउँदै आपूर्ति रोकिने संकेत गरेको थियो ।
नेपाल आयल निगम उच्चस्रोतका अनुसार भारतीय भन्सारका अधिकारीले माथिको निर्देशन भन्दै ट्यांकरलाई भन्सारबाट छुटाउन नमानेका हुन् । भन्सारका अधिकारीले माथिल्लो निकायले निर्देशन दिए मात्र ट्यांकर छुट्ने जानकारी दिएका छन् ।’
रक्सौलमा इन्धन भरेर आयल निगमका २७ वटा ट्यांकर हिजो नै भन्सारमा आइपुगेका थीए।
भारतमा रोकिएका ट्यांकरहरु छुटाउन आयल निगमका अधिकारी भन्सारमा पुगेका छन् । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।