0 COMMENTS

border-sealसमाजकाे अावाज, काठमाडौं, ५ असोज /मधेशमा जारी आन्दोलनलाई मध्यनजर गर्दै भारत सरकारले नेपालसँगको सीमामा सुरक्षा कडा पारेको छ । नेपाल आउने सम्पूर्ण बोर्डर सिल गरिएका छन् भने आवतजावत र सामान ढुवानीमा पनि रोक लगाइएको छ ।

नेपालसँगको सीमामा भारतीय सीमा सुरक्षा बल एसएसबीले आफ्नो सक्रियता बढाएको छ । भारतले वीरगंजसँग जोडिएको रक्सौलमा पनि उच्च सुरक्षा व्यवस्था राख्दै नाका ठप्प पारेको छ ।

भारतको रक्सौलमा रहेको अस्पतालमा उच्च सतर्कता अपनाउन भनिएको छ । आन्दोलनका क्रममा घाईते बढ्न सक्ने र उपचारका लागि रक्सौल जाने गरेकाले अस्पतालमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको हो ।

यसअघि भारतले संविधान जारी भएको २४ घण्टाभित्रै दुईपटक वक्तव्य जारी गरी आफ्नो असन्तुष्टि जनाईसकेको थियो । अघिल्लो पत्रमा भारतले नेपालको संविधानलाई समर्थन नगर्ने भन्दै सांकेतिक चेतावनी दिएको भारत सरकारले हिजो राति झनै कडा वक्तव्य निकाल्दै सीमा नाका र ढुवानी बन्द गर्ने सम्मको चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।