0 COMMENTS

Tundikhel-3काठमाण्डाै ४,असाेज/   नेपाल सरकारको आयोजना र प्रमुख तीन दलको संयोजनमा सैनिक मञ्च टुँडिखेलमा  गरिएको नेपालको संविधान, २०७२ को स्वागत समारोहलाई सम्बोधन गर्दै केपी ओलीले भारतलाई चुनौती दिएका हुन् ।

उनले कार्यक्रममा बोल्दै पहिला नेपाल र नेपाली जनताको स्वाभिमान कायम राखेर छिमेकी देशसँगको सम्वन्ध कायम राख्ने चुनौती दिएका हुन् । संविधान निर्माणका सन्दर्भमा भारले हस्तक्षेप गर्न खोजेको आरोप आइरहेका बेला ओलीको त्यस्तो भनाई आएको हो ।

उनले सबै विदेशी मित्रहरुसँग र छिमेकमीसँग मित्रतापूर्ण सम्बन्ध कायम गर्न चाहेको भन्दै पछिलो आफ्नो स्वाभिवान कायम राख्ने उद्घोष गरे ।

छिमेकी राष्ट्र भारतले संविधान जारी हुनका लागि केही ढीला गर्न आग्रह गरेको प्रसङ्गलाई पनि उनले सहज प्रतिक्रिया दिए ।

‘संविधान बनाउन ढीला गरियोस् भन्ने आवाज आएकै हो, तर हामीले यसअघि नै ८–९ वर्ष ढिला गरिसकेका थियौं, पहिलो संविधानसभा असफल भएको पाठ सिकेका थियौं । संविधानसभाबाट संविधानकै लागि ७० वर्ष बितायौं, त्यसैले यसपालि ढिला गर्न चाहेनौं,’ ओलीले भने ।

उनले खुलामञ्चबाटै नयाँ संविधानमा सबैको अधिकारको सुनिश्चित गरेको दाबी गरे । ‘यो संविधानमा कहाँनिर अधिकार खोसियो,’ उनले प्रश्न गरे, ‘पढेर आउनुस्, म बहस गर्न तयार छु ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।