0 COMMENTS

limbuwan असोज ४, ताप्लेजुङ । लिम्बुवान पाटी नेपालले आज देखि पुर्वका नौ जिल्ला अनिस्चितकालिन बन्दको आवाहान गरेका छन् ।  पुर्वका नौ जिल्लालाई लिम्बुवन राज्यको माग गर्दै आएको संघिय लिम्बुवान पाटी नेपालले संविधान जारी हुने भएसँगै विभिन्न माग राख्दै आज देखि पुर्वका नौ जिल्ला अनिस्चितकालिन बन्दको आवाहान गरेकाहुन्।

बन्दका कारण विहानै देखि ताप्लेजुङ सहित पुर्वि नेपालका जनजिवन प्रभावित बनेका छन् । पुर्वका ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, सुनसरी र मोरङ मा लामो तथा छोटो दुरीका सवारी चल्न सकेका छैनन् । संविधानमा लिम्बुवानले माग गरेको आधारभुत मुद्धाहरुलाई सम्बोधन नगरेको भन्दै आज देखि पुर्वमा अनिस्चितकालिन आमहड्ताल साथै सरकारी र सार्वजनिक कार्यालय तथा सवारी साधनहरूमा ‘लिम्बुवान राज्य’ लेख्ने सहितको आन्दोलनका कार्यक्रम रहेको सो पाटिले बताएको छ ।

मुख्य राजनितीक दलहरुले गरेको ७ वटा प्रदेशको सिमांकनको विरोध गर्दै ऐतिहासिक पृष्ठभूमि, पहिचान र अधिकारको आधारमा पूर्वका नौ जिल्लालाई संविधान सभाबाटै लिम्वुवान स्वायत्त प्रदेश घोषणा गरिनुपर्ने माग गर्दै आएको संघिय लिम्बुवान पार्टी नेपालले कार्यालय र सवारी साधनमा लिम्बुवान राज्य नलेखे त्यसको रेकर्ड राखी कारवाही समेत गर्ने चेतावनी दिएको छ । 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।