0 COMMENTS

राजु बस्नेत,असोज ३ काठमाण्डाै/  नेपालको संविधान २०७२ लाई स्वागत गर्दै कपनमा दिप प्रज्वलन गरीयकाे छ ।दुर्इ दुर्इ पटकाे संविधान सभा चुनाव र लामो समयको संघर्ष पछि नेपालीहरुले अाफ्नाे लागी आफैले बनाएको नेपालकाे संविधान २०७२ आज जारी भएकाे  खुशीयाली मा बुढानीलकण्ठ नगर पालीका वडा नं १२  कपनमा रहेकाे लगभग कपनकै सबै भन्दा पुरानाे र एउटा छुट्टै इतीहास बाेकेकाे श्री फ्रेण्शीप युवा क्लबले  अाफ्नै प्राङ्गणमा  दिप प्रज्वलन कार्यक्रम अायाेजना गरेकाे थीयाे ।


कार्यक्रममा क्लबका पदाधीकारी लगाएत टाेलका भद्रभलादमीकाे बाक्लाे उपस्थीती रहेकाे थीयाे ।  राष्ट्रपती रामवरण यादवले  संसद भवन नयाँ बानेश्वरमा नेपालकाे संविधान २०७२  घाेषणा गर्न शुरू गर्दै गर्दा थालनी  गरीएकाे दिप प्रज्वलन कार्यक्रममा सहभागी सबैकाे मुहारमा खुशी र उमंग छायकाे देखीन्थ्याे सहभागी हरू अाउने समय देशमा  शान्ती,नीकाश र बिकाश काे अाशा बाेकेकाे देखीन्थ्याे ।

कार्यक्रममा12042126_1906107636280489_670028974_n सहभागी अधिकाशंले नेपाली जनाताले चाहेको संबिधान निरन्तरको लामो प्रयास पछि आज जारीहुन सफलभएकाे र यसले लामो समयपछि नेपाली जनताको सपना साकार हुन लागेको भन्दै  आज जारी  संविधान २०७२ को स्वागत गरेका थीए। सहभागीले अहिलेको संविधान एउटा दस्तावेज भएकाले संबिधानमा छुटेका केहि महत्वपुर्ण कुरालाई आगामि दिनमा शंषाेधन मार्फत समेट्न सकिने भन्दै   नेपालकाे संबिधान २०७२ बाट असन्तुष्ट भै हाल्नु नपर्ने कुरालाइ अाैलाएका  थिए ।
यस्तै नयाँ संबिधानले संघियता ,गणतन्त्र जस्ता मुख्य कुरालाई संस्थागत गरेको पनी बताएका थीए। बोल्ने अधिकाम्सले सबै एक जुट भएर यसको पालनाका लागि लाग्नु पर्ने कुरामा बताएका थीय। 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।