0 COMMENTS

12027601_969677903073703_8159306358499302475_nकाठमाडौं ३ असाेज । राष्ट्रपति डा.रामवरण यादवले नयाँ संविधान २०७२ को घोषणा गर्नुभयो । संविधानसभामा उपस्थित सम्पुर्ण सभासदहरुद्धारा तालि बजाएर स्वागत गर्नुभएको थियो । आज देखि नै नेपाली जनताले नयाँ संविधान पाएका छन् । राष्ट्रपति रामवरण यादवले सम्पुर्ण देशवासीहरुलाई बधाई तथा शुुभकामनाको सन्देश दिनुभएको छ । यो संविधानसँगै नेपाल अब संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भएको घोषणा समेत गर्नुभयो ।

राष्ट्रपतिले भने-सबै नेपाली र राष्ट्रको जय होस्

संविधान घोषणा गरिसकेपछि राष्ट्रपतिले सम्बोधन गर्दै सबै नेपाली र राष्ट्रको जय होस् भन्दै कामना गरे । उनले सबै देशबासीलाई शुभकामना र बधाइ ज्ञापन गरेका छन् । राष्ट्रपतिबाट जारी गरिएको संविधान आजैका मितिबाट लागू हुनेछ । संविधान जारी भएको सात दिनभित्रमा अब नयाँ सरकार गठन गर्नुपर्ने छ भने एक महिनाभित्रमा राष्ट्रपतिको कार्यकाल समाप्त हुनेछ । राष्ट्रपतिले संविधान जारी गरिरहँदा भव्य रुपमा सिँगारिएको संविधानसभा परिसरमा बेलुनहरु उडाइएको थियो ।

संविधान घोषणाका लागि शीतलनिवासबाट नयाँ बानेश्वर आउने क्रममा राष्ट्रपतिलाई बबरमहलदेखि रिसल्ला घोडचढीहरुले अगाडि र पछाडिबा स्कटिङ गरेका थिए । नयाँ बानेश्वरस्थित संविधानसभामा प्रवेश गर्दा राष्ट्रपतिलाई छेउछाउमा लामवद्ध जनताले हात हल्लाएर स्वागत गरेका थिए । संविधानसभामा प्रवेश गर्नुअघि राष्ट्रपतिलाई २१ तोपको सलामी दिइएको थियो । संविधानसभा अध्यक्षर महासचिवले राष्ट्रपतिलाई स्वागत गर्दै संविधानसभाभित्र प्रवेश गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।