काठमाडौं ३ असाेज। मुलुकमा जनसंख्याको ९४ प्रतिशत बढि ओमकार परिवार बसोबास गर्ने भएपनि नयाँ संविधानमा हिन्दुराष्ट्र उल्लेख नगरिएको भन्दै हिन्दुवादीहरुले केहिबेर अघि संविधानको प्रति जलाएका छन् ।
संविधानसभा भवन नजिकै तिनकुनेमा हिन्दु धर्मको पक्षमा वकालत गर्दै आएका कांग्रेसका पुराना नेता हरिवोल भट्टराईको नेतृत्वमा रहेको हिन्दुवादीहरुको समूहले संविधानको प्रति जलाएको हो । नयाँ संविधानमा धर्म निरपेक्षता उल्लेख गरिएको छ ।
धर्म निरपेक्षता उल्लेख गरिएको भन्दै हिन्दुवादी संघसस्थाहरुले आन्दोलन गर्दै आएका छन् ।
नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको नेतृत्वमा नेपाली कांग्रेस सनातन हिन्दुराष्ट्र महाअभियानले विभिन्न आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।
संविधानको प्रति जलाउदै नेता भट्टराईले धर्म निरपेक्षता लेखेको संविधान आफुहरुलाई मान्य नहुने बताए ।