0 COMMENTS

प्रकाश बस्याल,३ असोज नवलपरासी/लामो समयको संघर्ष पछि नेपालिहरुले अाफ्नालागी  आफैले बनाएको संविधान आज जारी हुन लाग्दा सबैमा खुसीयाली छाएको छ। सबैतिर जारी हुन लागेको संविधालाई स्वागत गरीदैछ।यसैबिच आज जारी हुन लागेको नेपालको संविधान २०७२ को खुसीयालीमा नवलपरासीको नवलपुर क्षेत्रमा रहेका संचार गृह , संचारकर्मी र पत्रकार हरुले एकै ठाउबाट आज स्वागत गरेका छन् ।

आज नवलपरासीको नवलपुर क्षेत्रमा रहेका संचार गृहहरु रेडियो सामथ्र्य , रेडियो मध्यविन्दु , नवलपुर एफ एम , विजय एफ एम , ह्याप्पी एफ एम , मुकुन्दसेन टेलिभिजन र देवचुली टेलिभिजनको संयुक्त आयोजना तथा नेपाल पत्रकार महासंघ नवलपरासी , प्रेश युनियन नवलपरासी , प्रेश चौतारी नवलपरासी र क्रान्तिकारी पत्रकार संघ नवलपरासीको सहकार्यमा आज कावासोतीमा नेपालको संविधान २०७२ लाई स्वागत एवम् यसका विशेषता विषयक वृहत अन्तरकृया कार्यक्रमको आयोजना गरि आज संविधान जारी भएको दिनको खुसीयाली मनाएका छन । कार्यक्रममा यस क्षेत्रमा कृयासील नेपाली कांगेस , नेकपा एमाले , एकिकृत नेकपा माओवादी ,राप्रपा नेपाल लगायतका दलहरु तथा विभिन्न शैक्षिक संघसंस्था , विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधी , बुद्धिजिवीहरुको सहभागीता रहेको थीयो।

कार्यक्रममा बोल्ने अधिकाशंले नेपाली जनाताले चाहेको संबिधान निरन्तरको लामो प्रयास पछि आज जारी हुन लागेको र यसले लामो समयपछि नेपाली जनताको सपना साकार हुन लागेको भन्दै संविधान आज जारी हुन लागेको मा खुसी हुदै संविधानको स्वागत गरेका छन्। वोल्ने वक्ताहरुले अहिलेको संविधान एउटा दस्तावेज भएकाले संबिधानमा छुटेका केहि महत्वपुर्ण कुरालाई आगामि दिनमा शंषाेधन मार्फत समेट्न सकिने भन्दै असन्तुष्ट पक्षलाई संबिधानसभामा समावेश हुन आग्रह गरेका थिए ।यस्तै नयाँ संबिधानले संघियता ,गणतन्त्र जस्ता मुख्य कुरालाई संस्थागत गरेको बताएका छन्। बोल्ने अधिकाम्सले सबै एक जुट भएर यसको पालनाको लागि लाग्नु पर्ने कुरामा बताएका थीय। कार्यक्रममा राजनैतिक दलका प्रमुखहरु, बिभिन्न संघसस्थाका प्रमुख तथा प्रतिनिधीहरु उद्योगी व्यवसायी , , बुद्धीजिवि, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।