0 COMMENTS

 

काठमाडौँ, असोज सभाध्यक्ष सुवास नेम्वाङबाट प्रमाणीकरण भएको नेपालको संविधान, २०७२ लाई जनतासमक्ष घोषणा गर्ने ऐतिहासिक कार्यक्रमका लागि संसद् सचिवालयले तयारी पूरा गरेको

 

गत भदौ ३० गतेको संविधानसभाबाट पारित तथा यही असोज गते सभासद्को हस्ताक्षरपछि सभाध्यक्षबाट प्रमाणीकरण गरिएको संविधान आइतबार साँझ बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने संविधानसभाको बैठकमा सोही दिनदेखि लागू भएको घोषणा हुनेछ सभाको बैठकलाई औपचारिक राष्ट्रिय समारोहका रुपमा मनाउन सचिवालयले तयारी गरेको

 

सचिवालयका प्रवक्ता डा भरतराज गौतमका अनुसार सभासद्को हस्ताक्षर अध्यक्षले प्रमाणीकरण गरेको नेपाली कागजमा मुद्रित संविधानको पृष्ठ ३५० मा राष्ट्रपति डा रामवरण यादवले हस्ताक्षर गरी संविधान जारी भएको घोषणा गर्नुहुनेछ

 

सचिवालयले समारोहस्थलको सरसफाइ सजावट तथा अन्य व्यवस्थापन गरिसकेको सोका लागि सुरक्षा व्यवस्था पनि मजबुत बनाइने भएको

संविधानसभाबाट पारित एवम् संविधानसभाका अध्यक्षद्वारा प्रमाणित भई प्रस्तुत नेपालका संविधान असोज गतेदेखि प्रारम्भ भएको नेपाली जनतासमक्ष घोषणा गर्दछु” भन्ने बेहोरामा राष्ट्रपति डा यादवले हस्ताक्षर त्यसको घोषणा गर्नुहुनेछ राष्ट्रपति डा यादवलाई सभाध्यक्ष नेम्वाङले पारित संविधान पेस गर्नुहुनेछ

 

सचिवालयले मन्त्री, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी, पूर्वसभासद्, सरकारका उच्च अधिकारी, नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधि, नागरिक क्षेत्रका प्रतिनिधिलगायतलाई निम्तो दिएको

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।