0 COMMENTS

12047277_747740212022364_1994309353_n (1)झण्डै झण्डै एक दसकसम्म देश जनतालाई अनिर्णयको बन्दी बनाउदै हजारौं जनताको लाशमाथी बसेर असल या खराब जे भए पनि संविधान जारी गरेर सिमित व्यक्तिहरुको कब्जाबाट देशलाई मुक्त गरिएको हुनाले यो नयाँ संबिधानलाई आम नेपालीले स्वागत गर्नै पर्छ। यद्यपि देश संक्रमणकालिन स्थितिबाट गुज्रीरहेको छ र अझ आगामी दिनहरुमा थप भयाबह अवस्थाको सम्भावनाहरु पनि प्रशस्तै देखिन्छ। देश र जनता अन्योल र असन्तुष्टीको दोबाटोहरुबाट गुज्रीरहँदा यहाँ अवसरवादीहरुको विभिन्न नाममा नयाँ शक्तिको स्वरुप बनेर जनतालाई पुन: भेडो बनाउन प्रयत्न गर्नेहरुको लस्करहरु लामो नै हुन सक्ने सम्भावनाहरु पनि त्यतिकै प्रवल छ।

 

तर यो देशमा जे नाममा जस्तो प्रलोभन देखाएर नयाँ शक्तिहरु देखा परे तापनी त्यो जनताको नयाँ शक्ती नभएर कुनै न कुनै रुपमा सामाजिक छवि भएका केही सेलेब्रेटिहरुको अनुहारलाई बिज्ञापन बनाउदै(खाएर गर्नेहरु)पुरानै अनुहारहरुको जमातमा छद्मभेषी नयाँ शक्तिहरुको नै उदय हुने सत्यमा कसैले शंकै नगरे हुन्छ।यसमा सबै ढुक्क भए हुन्छ कि जनताको तहबाट अब नयाँ शक्ती जन्मनु या उदय हुनु भनेको सुर्य पश्चिबाट उदाउनु सरह नै हुनेछ। तसर्थ पनि नयाशक्ती नेपाल मात्र नेपाल र                                                                 नेपाली जनताले चाहेको,खोजेको नयाँ शक्ती हो।

 

जो केवल जनताको तहबाट गैर राजनितिक, गरिखाने सचेत जनताको प्रयाशमा प्रवास र स्वदेशका देशभक्त जनताले जन्माएको जनताको नयाँ शक्ती नेपाल हो भन्ने सत्य सबै सामाजिक सन्जाल प्रयोगकर्ताहरु माझ स्पस्ट छ। लगभग आठ दस महिना लगाएर नयाँ शक्ती नेपालले वाध्य भै प्रवासमा गरिखाने सचेत नेपाली नागरिकहरुलाई बृहतरुपमा समेट्ने प्रयाश गर्‍यो तदनुरुप नयाँ शक्ती नेपालले सोचेभन्दा अत्याधिक सकृय सदस्यहरुको सहभागिता भैरहेको हामी सबै सामु छर्लङ्ग छ। तापनी नयाँ शक्ती नेपालको सांगठनिक संरचनाभित्र पनि विभाजन गराउन खोज्ने यो जनताको शक्ति कम्जोर बनाउन खोज्ने थुप्रै नयाँ शक्ती नेपालको व्यानरमा प्रवेस भई विभिषण बन्न कोसिस गर्नेहरु पनि आउनेछन, आउन सक्छन,संगठनभित्र अफावाहहरु फैलाई दिग्भ्रमित बनाउन सक्छन यस्तो प्रवृतिहरुबाट नयाँ शक्ति नेपालका हरेक देशभक्त सदस्यहरु अत्यन्त चनाखो र सजग हुनु पनि आजको हाम्रो प्रमुख चुनौती हो।

 

फेसबुकबाट नै यति धेरै विश्वास र धैर्यताकासाथ ४०००० भन्दा माथी आफ्नो सदस्यहरु बनाउन सफल संगठन सम्भवत संसारमा नयाँ शक्ती नेपाल नै प्रथम संगठन हुनसक्छ।विश्वास, सदभाव,धैर्यता र देश र जनताप्रतिको समान विचार, दृष्टिकोणमा सदैव नयाँ शक्ती नेपालले एकता कायम राख्दै देशमा शान्ती, निकास र विकासको लागि वास्तविक कार्यक्षेत्र(स्वदेस)मा जनताका सुखदुखमा साथ दिन अब नयाशक्ती नेपाल निकट भविष्यमा नै आफ्ना कार्यक्रम लिएर स्वदेशमा प्रवेस गर्ने चरणलाई पुर्णता दिदैछ।

जय नयाँ शक्ती नेपाल कमलराज श्रेष्ठ

केन्द्रीय सह संयोजक, नयाशक्ती नेपाल  

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।