0 COMMENTS

असोज,१ काठमाडौं /नयाँ शक्ति बनाउने भनेर एमाओवादीका नेता डा बाबुराम भट्टराईको चर्चा सेलाएको समयमा उनीसँगै एसएलसी पास गरेर प्रतिस्पर्धीकोरुपमा चिनिने डा उपेन्द्र देवकोटाको नेतृत्वमा ‘राष्ट्रिय जागरण अभियान, नेपाल’ गठन गरिएको जानकारी शुक्रबार एक विज्ञप्ति जारी गरेर दिइएको हो ।

बाबुराम भट्टराई बोर्ड फष्ट हुँदा उपेन्द्र देवकोटा दशौ स्थानमा बोर्डमा परेका थिए । यस अघी उपेन्द्र देवकोटा राजाको सरकारको स्वास्थ्य मन्त्री भैसकेका हुन भने यदाकदा उनलाइ राजाबादि भनेर लाल्छना पनी लाग्नेगरेकाे छ ।

देशलाई विघटन र विसर्जनको दिशामा धकेल्न खोजिएको दावी गर्दै विज्ञप्तिमा ‘दशकौंदेखिको यो गोलचक्करबाट मुक्तिका लागि नेपालीहरु नयाँ चेतनाबाट उठ्नुको विकल्प छैन । यसका लागि अभियानलाई साथ दिनका लागि हामी आम नेपालीहरुमा अपिल गर्दछौं’ भनिएको छ ।

upendra-devkota

यस्तो छ विज्ञप्तिः

नेपालको संवेदनशिल भू–राजनीतिक महत्वलाई दुरुपयोग गरेर देशभित्र र बाहिरका अबान्छित शक्तिहरुको स्वार्थको प्रयोगशाला बनाउने योजनानुसार विगत केहि बर्षदेखि गहिरो बनाउँदै ल्याईएको संकट अब सारभूत रुपमा राष्ट्रिय संकटका रुपमा विकास भएको छ । नेपालीहरुका राजनीतिक, आर्थिक, सामाजिक–साँस्कृतिक, नैतिक, जनजिविका आदि क्षेत्रका समस्याहरु राष्ट्र ÷ राष्ट्रियताको प्रश्नका वरिपरि एकिकृत हुन पुगेका छन् ।

अबान्छित शक्तिहरुद्वारा विघटन र विसर्जनको दिशामा धकेल्न खोजिएको राष्ट्र÷राष्ट्रियताको प्रश्नलाई समाधान नगरिकन जनताका बाँकि समस्या समाधान गर्न संभव छैन भन्ने ऐतिहासिक अनुभवको निष्कर्षलाई ध्यानमा राखी सर्वाङ्गीण दृष्टिकोण र योजनाका आधारमा देशव्यापी रुपमा राष्ट्रिय जागरण अभियान उठाउनका लागि डा.उपेन्द्र देवकोटाको संयोजकत्वमा ‘राष्ट्रिय जागरण  अभियान, नेपाल’ गठन भएको छ ।

नेपालको मौलिकता, सापेक्षता र आवश्यकता अनुसार राजनीतिक, आर्थिक, सामाजिक, नैतिक, मनोवैज्ञानिक प्रणालीको विकासका लागि मौलिक चिन्तन प्रणालीलाई संगठित गर्नु, आम देशभक्तहरु राष्ट्रको छातामुनि अटाउन सक्ने विचार र संगठनको निर्माण गर्नु तथा नेपालको स्वाधिनता र आर्थिक विकासको वाधाका रुपमा रहेको बाह्य दबावको अन्त्यलाई केन्द्रमा राखेर जनतामा जानु अभियानको मूख्य उद्देश्य रहेको छ ।

नेपालको संकटको समाधानको प्रश्न एक थान संविधान बन्नु वा नबन्नुमा निहित छैन । संविधान निर्माण र राज्यको कथित पुनर्संरचनाबारे अहिलेसम्म सुनिएका दलीय मागहरुले देशको संकट समाधानको आवाजको प्रतिनिधित्व गर्दैनन् । दशकौंदेखिको यो गोलचक्करबाट मुक्तिका लागि नेपालीहरु नयाँ चेतनाबाट उठ्नुको विकल्प छैन । यसका लागि अभियानलाई साथ दिनका लागि हामी आम नेपालीहरुमा अपिल गर्दछौं ।

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।