0 COMMENTS

काठमाडौं, असोज १ /सरकारले देशभरका विभिन्न शहरउन्मुख नगरहरुलाई मिलाएर २६ ओटा नगरपालिका थप गर्ने निर्णय गरेको छ। स्थानीय विकास मन्त्रालयले २८ वटा नगरपालिका सिफारिस गरेकोमा मन्त्रिपरिषद्ले एक उपमहानगरपालिका सहित २६ नगरपालिकाको नाम स्वीकृत गरेको हो ।

यो सँगै नेपालमा एक महानगरपालिका र १२ उपमहानगरपालिका सहित २१७ नगरपालिका भएका छन् । कैलालीका फुलबारी र उर्मा Untitled

Untitled1गाविसलाई गाभेर धनगढीलाई उपमहानगरपालिका बनाइएको छ । यसअघि धनगढी नगरपालिका मात्रै थियो ।

यसैगरी, प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको महासभामा जाने कार्यक्रम बैठकले स्वीकृत गरेको छ । प्रधानमन्त्री कोइराला राष्ट्रसंघको महासभामा भाग लिन असोज ८ गते न्यूयोर्क जाँदैछन् ।

यस्तै हरेक वर्ष असोज १ गते पर्ने विश्वकर्मा पूजालाई सार्वजनिक विदा नदिने गरी राष्ट्रिय पर्व घोषणा गरिएको छ। बैठकले सूचना तथा सञ्चार मन्त्रालयको नाम परिवर्तन गरी सञ्चार तथा सूचना प्रविधि मन्त्रालय राख्ने निर्णय गरेको छ।

बैठकले निजामति सेवा नियमावली पारित गरेको छ। यस्तै बैठकले विशेष आर्थिक क्षेत्र विकास समितिका कार्यकारी निर्देशकमा चण्डीप्रसाद भट्टलाई नियुक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।