0 COMMENTS

07092015065806Biajay-600x0आश्विन १,काठमाण्डाै- प्रमुख तीन दल र मधेसी जनअधिकार फोरम नेपाल (लोकतान्त्रिक) बीच नयाँ संविधानका बारेमा प्रधानमन्त्री निवास, बालुवाटारमा राति अबेरसम्म भएको छलफल बिनासहमति टुङ्गिएको छ ।

बैठकपछि एमालेका उपाध्यक्ष भीमबहादुर रावलले समानुपातिक समावेशितालगायत माग सम्बोधन गर्ने, सीमाङ्कनका विषयमा देखिएको मुख्य विवादलाई सङ्घीय आयोगमार्फत टुङ्ग्याउने, हाल कायम रहेका ७५ जिल्लालाई एक एक निर्वाचन क्षेत्र मान्ने तथा जनसङ्ख्याका आधारमा बाँकी निर्वाचन क्षेत्र राख्नेसम्बन्धी प्रस्ताव तीन दलका तर्फबाट फोरम(लोकतान्त्रिक) समक्ष राखिए पनि सहमति हुन नसकेको बताए ।

फोरम(लोकतान्त्रिक)का अध्यक्ष विजयकुमार गच्छदारले आज कतिपय विषयमा छलफल भए पनि सहमति नभएको तर शुक्रबार फेरि बैठक बस्ने जानकारी दिए । संविधानका विषयवस्तुमा असन्तुष्ट भई प्रक्रियाबाट बाहिरेको फोरम(लोकतान्त्रिक) लाई पुनः प्रक्रियामा ल्याउनेबारे सो छलफल भइरहेको हो । सो दलले सीमाङ्कन, समानुपातिक समावेशितालगायत विषयमा असन्तुष्टि राख्दै आएको छ ।

बैठकमा प्रधानमन्त्री तथा काँग्रेसका सभापति सुशील कोइराला, उपसभापति रामचन्द्र पौडेल र एमालेका अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र नेता माधवकुमार नेपाल, एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल र उपाध्यक्ष नारायणकाजी श्रेष्ठ तथा फोरम (लोकतान्त्रिक) का अध्यक्ष गच्छदारलगायत सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।