0 COMMENTS

12021914_818834758233798_804998873_n

 प्रकाश बस्याल,नवलपरासी, ३१ भदौ /थारु कल्याणकारी सभा नवलपरासीले भदाै २९ गते देखी ३१ गतेसम्म स्थानिय निकायका कार्यालयहरुमा अनिश्चित कालका लागी तालाबन्दी गर्ने कार्यक्रम आज बाट फेरी लम्वाएको छ। थारु कल्याणकारी सभाका सभापती गणेशमान महतोले आज एक बिज्ञप्ति जारी गर्दै स्थानिय निकायका कार्यालयहरुमा तालाबन्दी गर्ने कार्यक्रम असोज ४ गते सम्मकालागी लम्बाईएको जानाकारी दिनुभयो।साथै असोज ३ गते जारी हुन लागेको संविधानले आदिवासी ,दलित मधेसी जनजाती महिला लगाएत पिछडीएका वर्गको भावना नसमेट्ने भन्दै असोज ३ गतेलाई कालो दिनको रुपमा मनाउन बिज्ञप्तिमार्फत सबैमा आग्रह गरीएको छ।सोही दिन सबैलाई घरघर ,चोकचोकबाट कालो झण्डा गाडी कालो दिन मनाउन आग्रह गरीएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।