0 COMMENTS

प्रकाश बस्याल ,नवलपरासी , ३० भदौ ।अब बन्ने संबिधानमा मधेशको पहिचान कायम हुनुपर्ने माग राख्दै नवलपरासीको परासीमा संघीय मधेशी मार्चाको अगुवाईमा धोती र्याली निकालीएको छ । संघीय मधेशी माेर्चाले धोती लगाई परासी क्षेत्र परीक्रमा गरेका छन्। आउन लागेको
संबिधान मधेसीकालागी धोका भएको र अब बन्ने संबिधानमा मधेशीको हक अधिकार सुनिश्चित हुनुपर्ने , मधेसका कला संस्कृतीहरुलाई सम्रक्षण हुनु पर्ने भन्दै धोती र्याली निकालीएको मोर्चाका संयोजक दिपचन्द्र कैशलले जानकारी दिनुभयो।

दलका सम्पुर्ण नेताहरुलाई मिलेर सबैको हकअधिकार सुनिश्चित खाल्को संबिधान निमार्ण गर्न धोती र्याली मार्फत सन्देश दिन खोजेको बताईएको छ ।परासी बाईपास बालगोविन्द पेटोलपम्पबाट सुरु भएको धोती र्याली मंझरीया चोक हुदै पुनः पेटोलपम्पमा पुगी आयोजीत विरोध सभामा परिणत भएको थियो । विरोधसभामा वक्ताहरुले आगामी संबिधान मार्फत हरेक जातजाती भाषाभाषी सहित मधेशी जनताको पनि हकअधिकार नयाँ आउने संविधानमा ग्यारेन्टी गर्न शिर्ष दलहरुका नेताहरुलाई शुझाब दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।