0 COMMENTS

केही नेताहरु देशलाई विखण्डनको दिशामा लैजान अग्रसर भएको आरोप

bhimarjun-aacharya-
डा. भीमार्जुन आचार्य

 

काठमाडौँः असोज ३ गते साँझ ५ बजे राष्ट्रपति डा. रामवरण यादवले नयाँ संविधान जारी गर्ने तय भैरहेका बेला संविधानविद् डा. भीमार्जुन आचार्यले भने कडा प्रतिक्रिया दिएका छन् ।

६ दशका लामो प्रतिक्षापछि देशले असोज ३ गते नयाँ संविधान पाउने निश्चित भएका बेला आचार्यले तीन ठूला पार्टीका नेता र कार्यकर्ताले मात्र संविधानको दिपावली मनाउँने प्रतिक्रिया दिएका हुन् ।

उनले पार्टीका कार्यकर्ता बाहेक सिङ्गो देशका जनता मर्माहत भएको पनि टिप्पणी गरे । उनले खुलेरै दलहरुले पदीय भागबण्डा मिलाउनका लागि मात्र हतारमा संविधान जारी गर्ने प्रक्रियामा सहभागी भएको आरोप लगाए । ‘अहिले संविधानसभाबाट जे भैरहेको छ, त्यो राम्रो भएको छैन,’ मंगलबार न्युज २४ को ६ प्रश्न अन्तवार्ताका क्रममा उनले भने, ‘दलहरुले देशमा विखण्डनको विउ रोपेका छन्, यो दुर्भाग्य छ ।’

आचार्यले देशलाई धर्मनिरपेक्ष देश घोषणा गर्ने नाममा पनि राजनीतिक दलहरु अर्वौँ रुपैयाँमा विकेको टिप्पणी गरे । ‘म नागरिकलाई केही भन्दिन,’ आचार्यले भने, ‘तर नेताहरु जाने र वा नजानेर देशलाई विखण्डनको दिशामा लैजान अग्रसर भएका छन् ।

आचार्यले देशलाई धर्मनिरपेक्ष देश घोषणा गर्ने नाममा पनि राजनीतिक दलहरु अर्वौँ रुपैयाँमा विकेको टिप्पणी गरे । ‘म नागरिकलाई केही भन्दिन,’ आचार्यले भने, ‘तर नेताहरु जानेर र वा नजानेर देशलाई विखण्डनको दिशामा लैजान अग्रसर भएका छन् ।

उनले तराई–मधेसमा आन्दोलनको आगो बलिरहेका बेला आन्दोलनरत पक्षलाई सहमतिमा नल्याई दलहरुले हतारमा ल्याउने खोजेको संविधानप्रति आफु सहमत नभएको पनि टिप्पणी दिए ।

प्रधानन्यायाधीसलाई सरकार प्रमुख बनाउने निर्णयदेखि नै दलहरु जानेर वा नजानेर चुक्दै गएको आरोप पनि उनले लगाए । आचार्यले राजनीतिक दलहरु जनताको संविधान बनाउने नियतमै नरहेको पनि आरोप लगाए । 

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।