0 COMMENTS

भैरहवा २९  । रुपन्देहीको बेथरीमा प्रहरी र आन्दोलनकारीबीच झडप हुँदा एक नाबालकसहित ४ जनाको मृत्यु भएको छ ।

झडपमा परी रुपन्देही गोनाहा गाविसका ४ वर्षीय अन्जन पटेल, १४ वर्षीया रञ्जु क्षेत्री, गोनाहाका ३५ वर्षका राजकुमार बरई, ३५ वर्षकै बिन्दु लाकौलको मृत्यु भएको संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका रुपन्देही संयोजक महेन्द्र यादवले जानकारी दिए ।

123

 

 

 

 

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद ढकालले भने ४ वर्षीय बालकको मृत्यु भएको मात्रै पुष्टि गरे । स्थिति नियन्त्रणमा लिने क्रममा प्रहरी तर्फ ४ जना प्रहरी घाइते भएका रुपन्देही प्रहरी प्रमुख राजेन्द्र ढकालले जानकारी दिए ।

भैरहवा–लुम्बिनी सडक खण्डमा स्कर्टिङ गरेर लैजादै गरेका ट्रकहरुमाथि एकाएक आक्रमण गरेपछि प्रहरीले सुरक्षार्थ हवाई फायर गरेको थियो ।

सो सडकखण्डमा रहेको इलाका प्रहरी कार्यालय बेथरी नजिकै भैरहवाबाट गइरहेका मालबाहक ट्रकहरुमाथि आन्दोलनकारीले ढुंगा हानेका थिए । आन्दोलनकारीको प्रहारबाट आधादर्जनजति ट्रक क्षतिग्रस्त भएका रुपन्देही प्रहरी प्रमुख ढकालले बताउनुभयो । अहिले बेथरी क्षेत्र तनाबग्रस्त छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।