0 COMMENTS

राजसंस्थालाई ‘स्पेस’ नदिने संविधान आउने भएपछि पूर्व राजाले चित्त दुखाए, भने–’म राष्ट्रवादी हुँदा यस्तो भयो, देश अव गृहयुद्धममा जाने भो’
 

Gyanendra

काठमाडौं  भदौ २९ – तराई–मधेश हुँदै विभिन्न जाती र समुदायको असन्तुष्टिवीच प्रमुख तीन दलले संविधान निर्माणमा निर्णायक कदम चालेपछि पूर्व राजा ज्ञानेन्द्र शाह निकै दुः खी भएका छन् । राष्ट्रवादी शक्तिहरुलाई पाखा लगाएर ल्याउन थालेको संविधानले देशमा गृहयुद्ध निम्ताउन सक्ने पूर्वराजाले आकलन गरेका छन् ।

संविधान बनाउन एक–एक धारा पारित हुनथालेपछि पूर्व राजा शाहले आफु नजिकका व्यक्तिहरुसँग राजसंस्थाको भविष्यदेखि संविधानपछि देशमा आउने परिस्थितिवारे कुराकानी गरेको निर्मल निवास निकट स्रोतहरुले बताएका छन् । पूर्व राजा शाह निकट एक स्रोतले भन्यो, ‘उहाँ (पूर्व राजा) साह्रै दुःखी होइबक्सेको छ ।’ संविधानको विद्येयकमाथि मतदान जारीभएपछि पूर्वराजावादीहरुसँग पूर्व राजाले भलाकुसारी गरेका थिए ।

पूर्व राजा शाहले भारतसँग घुँडा नटेकेर राष्ट्रभक्त देखाउँदा आफु र राजसंस्था यस्तो अबस्था आएको विश्लेषण सुनाएका थिए । ‘भारतसँग घुँडा टेकेको भए मेरो संस्था बच्ने थियो । मैले घुँडा टेकिनँ । राष्ट्रवादी शक्तिलाई पाँखा लगाउने काम भयो’ पूर्व राजा शाहले भनाई उद्धृत गर्दे भेटघाटमा गएका एक व्यक्तिले रातोपाटीसँग भने, ‘अन्तरिम संविधानमा नभएपनि नयाँ संविधानमा राजसंस्थालाई स्पेस दिने आशा थियो । सांस्कृति रुपमै भएपनि स्वीकार गरेको भए राम्रो हुने थियो । समयको कुरा हो । परिवेशको कुरा हो । दलहरु तयार भएनन् । भारतमा यो चलन छ नि, पूर्व राजाहरुलाई उनीहरुलाई व्यवस्थित त गरेका छन नि । ’

पूर्व राजाले माओवादीलाई होलरीमा बचाउँनु राजसंस्थाका लागि मंहगो परेको पनि सुनाएका थिए । ‘होलरीमा सेना परिचालन गर्न दिइएन, यसै कारण राजसंस्था र गिरिजाको दुरी बढ्यो । होलरीमा सेना परिचालन नगर्ने राष्ट्रवादी शक्तिलाई माओवादीले चिनेनन् । उल्टै गिरिजासँग मिलेर राजसंस्थालाई नै सखाप पार्ने खेलमा लागे’ पूर्व राजाले आफु नजिककासँग भनेका थिए । पूर्व राजाका एक सहयोगीले राजाले केही नविगारेको बरु होलरीमा माओवादीलाई बचाएको बताए । उनले त्यहि राष्ट्रवादी निर्णय ‘दूर्भाग्यपूर्ण’ बनेको पनि रातोपाटीसँग बताए ।

पूर्व राजाले आफ्नो राष्ट्रभक्तिलाई दलहरुले नचिनेकोमा दुःख व्यक्त गरेका छन् । पूर्वराजावादीहरुले शुसील कोइराला, केपी ओली र प्रचण्डले देशलाई गृहयुद्धमा पुर्याएको निश्कर्ष निकालेका छन् । ‘देशमा असोज ३ गते संविधान आउँछ । त्यसछि देशमा आगो बल्छ । तराई जल्छ । मगरात, थारुवान, तमुवान, नेवा सवैले अधिकार माग्छन् । ’ पूर्व राजावादीहरुको बुझाई छ ।

उनीहरुले नेपालमा राष्ट्रसंघीय शान्ति सेना आउने समेत निश्कर्ष निकालेका छन् । ‘०६२–०६३ को आन्दोलनमा १९ जना मारिदा संसारले हल्ला गरेको थियो । अहिले ४० जना भन्दा बढी मारिइसके, किन अन्तर्राष्ट्रिय समुदाय चुप छ ?’ पूर्व राजाले आफु नजिककासँग भन्ने गरेको स्रोत बताउँछ ।

पूर्वराजवादीहरुको बुझाई अर्को के पनि छ भने अव फ्रि तिव्वत र फ्रि कश्मीर आन्दोलनमा लागि पश्चिमाहरुको चाहना अनुसार नेपाली भूमि प्रयोग हुनेछ । यहि मिसन पुरा गर्न नेपालमा राजसंस्था हटाइएको पनि उनीहरुको बुझाई छ । ‘फ्रि तिव्वत र फ्रि कश्मीर मुद्धामा अव नेपाली भूमि प्रयोग हुनेछ । तीन दलका नेता युरोपियन युनियनको फन्दामा परे । नेताहरुले पैसा मात्र हेरे । यो कुरा राजाले बुझेका थिए । बुझाउन सकेनन्’ पूर्व राजा निकट स्रोतले भन्यो, ‘फ्रि तिव्वत र फ्रि कश्मीर मुद्धामा राजा बाधक भएपछि उनीहरुले यो गोटी चालेका हुन् । अफगानिस्तानमा पनि यस्तै भएको उदारण छ ।’ खम्पा विद्रोह दवाएपछि अमेरिका राजसंस्थासँग रिसाएको राजवादीहरुको बुझाई छ ।

पूर्व राजावादीहरुले देश टुक्रिन सक्ने सम्मको आकलन गरेका छन् । ‘यो दोषबाट पूर्वराजा बच्नुभयो’ स्रोतले भन्यो ।

आन्दोलन भयानक हुने बुझाई

पूर्व राजावादीहरुले नयाँ संविधान जारी भएको साँझदेखि देशमा भयानक आन्दोलन हुने दावी गरेका छन् । आन्दोलनका नाममा नेपालमा राष्ट्र संघीय शान्ति सेना भित्रिने आकलन उनीहरुको छ । ‘तीज छ, दुई दिन शान्त होला । तर ३ गते साँझबाट ठुलो आन्दोलन हुन्छ । मधेशवादी दलहरुले विहारमा शिविर बनाईसके । उत्तरप्रदेशमा पनि बनाउँछन् । आफुहरु सुरक्षित भएर मधेशमा ठुलो आन्दोलन गर्छन । प्रहरी र कर्मचारी निशानामा पर्छन ।’ पूर्व राजावादीहरुको बुझाई छ, ‘लिम्बुवान पनि उठ्ठ, मगरात उठ्छ । सवैले भाग खोज्न थाल्नेछन् । सुशील त सरकारबाट निस्केलान तर देश गृहयुद्धको चेपमा पर्छ ।’

पूर्व राजाको अन्तिम प्रयास असफल

नयाँ संविधानमा राजसंस्थाको ‘स्पेस’ सुरक्षित गर्ने पूर्व राजा ज्ञानेन्द्र शाहको अन्तिम प्रयास पनि असफल भयो । उनले उसका लागि केही दिन निकै मिहिनेत गरेका थिए ।

प्रमुख दलहरुवीच १६ बुँदे सहमति भएपछि संविधान आउने अबस्था देखिएको थियो । त्यहिबाट पूर्वराजा शाहले नयाँ संविधानमा राजसंस्थाको भूमिका स्थापित गराउन शक्तिकेन्द्रहरुसँगको भेट शुरु गरेका थिए । यसै क्रममा उनी २७ साउनमा गोप्य भेटघाटका लागि बैंकक पुगेका थिए । स्रोतहरुले जनाए अनुसार त्यहाँ उनले छिमेकीका प्रतिनीधिहरुसँग छलफल गरेका छन् । पछि उनी दिल्ली पनि हानिएका थिए ।

नयाँ संविधानमा राजसंस्थाको भूमिका स्थापित गराउन र नेपाललाई हिन्दु राष्ट्र बनाउने मिसन पूर्वराजाको थियो । यसका लागि उनले १२ बुँदेका दक्षिणी सूत्रधारहरुलाई अहिले भेटघाट गरेको स्रोत बताउँछ । तर, यस्तो भेटघाट फलदायी नभएपछि उनी स्वदेश फर्केका थिए ।

पूर्वराजा शाहले नेपालमा तीन शक्ति (आफु, माओवादी र संसदवादी) रहेको आफु निकटहरुलाई बताउँने गरेका छन् । नयाँ संविधानमा पनि राजसंस्थाको भूमिका नदेखिने गरि मस्यौदा तयार भएकै दिनदेखि पूर्वराजा शाहले तीन दल अन्तराष्ट्रिय योजना अनुसार राजसंस्थालाई ‘स्पेस’ नदिने मनस्थितिमा पुगेको बताउँन थालेका थिए ।साभार राताेपाटि 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।