0 COMMENTS

काठमाडौँ, २८ भदौ । प्रहरीले बबरमहलबाट जुलुस सहित नयाँ बानेश्वर पुगेका हिन्दूवादीमाथि पानीको फोहोराले हानेको छ । पानीको फोहोराले लाग्दा थुप्रै हिन्दूवादी नयाँ बानेश्वरको सडकमै पछारिएका छन् ।

बबरमहलबाट जुलुस हुँदै हिन्दूवादी बानेश्वर क्षेत्रमा पुग्दा प्रहरीसँग झडप भएको थियो । संविधानसभाले नयाँ संविधानमा धर्म्निरपेक्षता कायमै राख्ने प्रस्ताव स्वीकृत गरेको विरोधमा प्रदर्शनमा उत्रिएका हिन्दूवादीमाथि प्रहरीले पानीको फोहोरा र लाठी चार्ज गरेको हो ।

नयाँ संविधानमा धर्मनीरपेक्षता कायमै राख्ने प्रस्ताव पारित हुनु अघि नै माइतीघर मण्डलाबाट जुलुस सहित हिन्दूवादी नयाँ बानेश्वर क्षेत्र पुगेका थिए । प्रदर्शनकारीले संयुक्त राष्ट्रसंघको एउटा गाडीमा पनि तोडफोड गरेका छन् ।

संविधानसभा भवन भित्र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले हिन्दू राष्ट्र नेपाल हुनुपर्ने भन्दै पेश गरेको संशोधन प्रस्ताव अस्वीकृत भएपछि हिन्दूवादी आक्रोशित भएका हुन् । प्रदर्शनमा राप्रपा नेपालका नेता, नेपाली कांग्रेसका नेता खुमबहादुर खड्का र हिन्दू धर्मगुरु कमल नयनाचार्य समेत उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।