0 COMMENTS

काठमाडौँ, २८ भदौ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभाले नेपाललाई धर्म निरीपेक्ष कायम गर्नु दुर्भाग्यपूर्ण भएको बताए ।

rppसोमबार बसेको संविधानसभाको बैठकले नयाँ संविधानको परिमार्जित विधेयकमाथि मतदान गर्दै कमल थापाले प्रस्तुत गरेको हिन्दू राष्ट्र नेपाल हुनुपर्ने प्रस्ताव अस्वीकृत गरेपछि थापाले यस्तो बताएका हुन् ।

केही बेरका लागि संविधानसभाको बैठक स्थिगित भएर बाहिर निस्किएका कमल थापाले ट्वीटरमा धर्म निरपेक्षता सम्बन्धी निर्णय नेपाली जनाताका लागि दुर्भाग्यपूर्ण भएको उल्लेख गरेका छन् । साथै थापाले यस्तो निर्णयले नेपाली जनतामाथि कुठाराघात गरेको समेत उल्लेख गरेका छन् ।

थापाले ट्वीटरमा लेखेका छन्, ‘संविधानमा हिन्दू राष्ट्रको पहिचान समाप्त गरी धर्म्निरपेक्ष कायमगर्ने संविधानसभाको निर्णय दुर्भाग्यपूर्ण। नेपाली जनताको भावनामाथि कुठाराघात भयो।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।