0 COMMENTS

प्रकाश बस्याल २७,भदाै नवलपरासी /थारु कल्याणकारी सभा नवलपरासीले स्थानिय निकायका कार्यालयहरुमा अनिश्चित कालका लागी तालाबन्धी गरेको छ। सभाले आज पहिलो चरण अन्तरगत ५ वटा गाविसका कार्यलयहरु र नगरपालिकाका ४ वटा संयुक्त वडा कार्यलयहरुमा तालाबनदी गरेको सभाका सभापती गणेश महतोले जानाकारी दिनुभयो।

तालाबन्धी गरीएको कार्यलयहरुमा तमसरीया, नारायणी, कोल्हुवा, कुमारवर्ती, प्रसौनी गाविसको कार्यालय रहेका छन् भने नगरपालिका का संयुक्त वडाकार्यालय अन्तर्गतकावासोती नगरपालिकाको अग्यौली, कावासोती पिठौली र देवचुलि नगरपालिकाको दिव्यपुरीमा तालाबन्दी गरेको महत्वले बताउनुभयो ।नवलपुर क्षेत्रका ५ वटा गाविस र दुईवटा नगरपालिकाका ४ वटा संयुक्त वडा कार्यालयमा कर्मचारीहरुलाई बाहिर निकालेर अनिश्चितकालिन तालाबन्दी गरेको छ । सभाका सभापती गणेश महतोले हिन्दु नारीहरुको पर्व नजिकिएको र लामो समयको बन्दले गर्दा दैनिक ज्याला मनदुरी गरेर खोलाई समस्या परेको भन्दै आन्दोलनको स्वरुप परिवर्तन गरेको तालाबन्दीपछि सभाका सभापती महतोद्धारा जारी प्रेश विज्ञप्तीमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।