काठमाडौं, भदौ २७ / एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मधेसलाई स्वतन्त्र देश बनाउनका लागी उठेकाे बहस भन्दै यो बहस आत्मघाती र राष्ट्रघाती भएको बताउनुभएको छ ।
संविधानसभाको बैठकमा प्रचण्डले तराई मधेसमा अहिले चलिरहेको आन्दोलनलाई स्वतन्त्र मधेस देशको आन्दोलन बनाउने बारेमा बहस सुरु भएको भन्दै भन्नुभयो ‘यो बहस आत्मघाती र राष्ट्रघाती दुबै रहेके बताउनु भयाे।’
मधेसलाई स्वतन्त्र देश बनाउने बहसले मधे सका नागरिकलाई फाइदा नगर्ने भन्दै उहाँले मधेस काठमाडौंबाट कहिल्यै अलग हुन नहुने बताउनुभयो । ‘मधेसबाट आएका राजाहरुले काठमाडौंमा मठ मन्दिर बनाएका छन्, मधेसी नागरिकका रगत र पसिना काठमाडौंमा जोडिएको छ’ प्रण्डचले भन्नुभयो ‘त्यसैले मधेसले काठमाडौंसँग आफ्नो अधिकार खोज्नु पर्छ । काठमाडौंबाट अलग्गिनु हुँदैन ।’
मधेसमा भइरहेको आन्दोलन हिंसात्मक भएकोमा दुःख व्यक्त गर्दै प्रचण्डले संयम अपनाउन आग्रह गर्नुभयो । ‘राज्यले धेरै बल प्रयोग गरेको छ । प्रहरीलाई पनी जलाउने मार्ने हिंसात्मक घटना भएका छन्’ प्रचण्डले भन्नुभयो ‘यस्ता कार्य तत्काल रोकिनु पर्छ ।