0 COMMENTS

काठमाडौं, भदौ २७ / संविधानको मस्यौदाSAMSADमाथि मतदान गर्नका लागि संविधानसभाको बैठक सुरु भएको छ । ३ दलका शिर्ष नेताको बैठकमा संविधान जारी गर्ने र असन्तुष्ट पक्षका माग रुपान्तरित संसदको दुई तिहाई बहुमतबाट पारित गर्ने निर्णय गरेपछि संविधानसभाको बैठक शुरु भएको हो ।

बैठकमा दलका शीर्ष नेताहरुले संबोधन भइरहेकेछ से कार्यक्रम सकीयपछी संविधानका प्रस्तावित धाराहरुमाथिको मतदान सुरु हुनेछ ।

आन्दोलनरत दलहरुलाई वार्तामा ल्याउने वातावरण बनाउन संविधानसभामा प्रक्रियास्थित गरेपनि आन्दोलनरत पक्ष वार्तामा नआएकाले संविधान निर्माण प्रक्रिया पुन सुरु भएको हो । प्रक्रिया गत शुक्रबार नै सुरु गर्ने तयारी भएपनि आन्दोलनरत दललाई वार्तामा ल्याउनको लागि तीन दलको निर्णय अनुसार आइतबारसम्म स्थगित गरिएको थियो ।

तर शनिबार दिनभर तीन दलका नेताहरुले प्रयास गरेपनि असन्तुष्ट मधेसी मोर्चासँग औपचारिक वार्ता हुन सकेको छैन । संविधान निर्माण प्रक्रिया बहिष्कार गरेकामध्ये राप्रपा नेपालले प्रक्रियामा फर्कने निर्णय गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।