0 COMMENTS

Police-And-Hindu-badiकाठमाडौं, २७ भदौ । संविधानसभा भवन नयाँ बानेश्वरमा हिन्दु राष्ट्को माग गर्दै आन्दोलनमा उत्रेको शिवसेना नेपाल र प्रहरीबीच बेलुकी   झडप भएको थीयाे । झडपका क्रममा पाँच जना शिवसेना नेपालका कार्यकर्ता घाइते भएको अध्यक्ष अनिल बस्नेतले बताए ।
लामो समयदेखी हिन्दुराष्ट्को माग गर्दे केही युवा हरू टुडीखेलमा  आमरण अनशनमा बसेका छन् । आमरण अनसनमा बसेका युवाहरुको माग सम्बोधन गर्न मुख्य राजनीतिक नेतृत्व वस्ता नगरेपछि शिवसेना नेपालले शनिवार साँझ प्रर्दशन गरेको थियो । प्रर्दशनका क्रममा झडप हुँदा प्रहरीले अश्रुग्याँस समेत हानेको थियो ।
शिवसेना नेपालको भात्रृ संगठन ओम रक्षा बाहिनी र प्रहरीबीच झडप भएपछि बानेश्वर केही समय तनावग्रस्त बनेको थयाे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।