काठमाडौं, २७ भदौ । राष्ट्रपति डा. रामवरण यादवको कडा दवावमा सरकारले दंगाग्रस्त क्षेत्रबाट सेनालाइ फिर्ता बोलाउने भएको छ । दंगाग्रस्त क्षेत्रको आन्दोलन हिंसात्मक बन्दै गइरहेका बेला राष्ट्र
पति यादवले सेनालाई ब्यारेकमा फर्काउन आग्रह गरेका छन् । राष्ट्रपति यादवले सुरक्षा परिषदको निर्णयबाट मात्र सेना परिचालन गर्न नमिल्ने जिकिर गरेपनि सेना परिचालन गर्ने निर्णयलाई भने सर्वाेच्च अदालतले मान्यता दिइसकेको छ ।
सेना आफ्नो मातहतमा रहनु पर्ने तर आफुलाई थाहा नै नदिइ गृहमन्त्रीको अध्यक्षतामा बसेको सुरक्षा परिषदको बैठकले सेना गरिचालन गर्ने निर्णय गरेको भन्दै राष्ट्रपतिले पहीले देखीनै असन्तुष्टी जनाउँदै आएका थीए ।
शनिवार राती राष्ट्रपति डा. रामवरण यादवले प्रधानमन्त्री सुशील कोइरालालाई टेलिफोन गरी तराई मधेस क्षेत्रमा परिचालित सेनालाई फिर्ता बोलाउन आग्रह गरेका थिए । विहान नवनियुक्त प्रधानसेनापति राजेन्द्र क्षेत्रीसँग सल्लाह गरेका राष्ट्रपति यादवले राती प्रधानमन्त्री कोइरालालाई सेना फिर्ता गर्न आग्रह गरेको स्रोतले बताएको छ । मधेस आन्दोलनलाई नैतिक समर्थन दिँदै आएका राष्ट्रपति यादवले मधेसी दलका सर्त मान्न कोइरालालाई आग्रह गरेका थिए । मधेसी दलले सेना फिर्ता गरेपछि मात्र वार्तामा बस्ने अडान राख्दै आएका छन ।