0 COMMENTS

khusiकाठमाडौँ २६ भाद्र । मदन पुरस्कार गुठीबाट हरेक वर्ष प्रदान गरिने मदन पुरस्कार पत्रकार विजयकुमारद्वारा लिखित ‘खुसी’ संस्मरणात्मक कृतिलाई दिइने भएको छ ।
गुठीको २५ गते बसेको साधारणसभाले सो निणर्य गरेको हो । त्यसैगरी जगदम्बाश्री पुरस्कार आजीवन नेपाली भाषा र शिक्षामा अतुलनीय योगदान पुर्याएबापत अङ्गुरबाबा जोशीलाई प्रदान गर्ने निर्णय गरिएको गुठीका अध्यक्ष कमलमणि दीक्षितले जानकारी दिनुभयो ।
पुरस्कारको राशि जनही रू दुई लाख हुने छ । सो पुरस्कार आगामी असोज २७ गते प्रदान गरिने छ । गुठीले २०१२ सालदेखि (निर्णय २०१२ साल र प्रदान २०१३) यी दुवै पुरस्कार प्रदान गर्दै आएको छ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।