0 COMMENTS

जलेश्वर, २५ भदौ / जलेश्वरमा प्रर्दशनकारीको आक्रमणबाट घाइते भएका सशस्त्र प्रहरी असई थमनबहादुर विकलाई एम्बुलेन्सबाट तानेर हत्या गरिएको छ । शुक्रबार बिहान महोत्तरीको जलेश्वरमा उनी घाइते भएका थिए । घाइते विकेलाई उपचारका लागि एम्बुलेन्समा लैजाँदै गर्दा प्रर्दशनकारीले थुतेर विभत्स हत्या गरेका छन् ।
प्रर्दशनकारीको आक्रमणमा परी घाइते भएका असई विकलाई जनकपुर अस्पताल लगिदै थियो । बाटोमा बसेका प्रर्दशनकारीले एम्बुलेन्सबाट थुतेर उनको हत्या गरेको सशस्त्र प्रहरी निरीक्षक ले जानकारी दिए ।
जलेश्वर सडकखण्ड अन्तर्गत महोत्तरी गाविस नजिक पर्ने भगवानपुरमा एम्बुलेन्सबाट झिकेर प्रदर्शनकारीले भाटाले हानेर हत्या गरेका थिए । वाटो कुरेर बसेका आन्दोलनकारीले घरेलु हतियार र भाटा हानेर हत्या गरेको सशस्त्र प्रहरीले जनाएको छ । एम्बुलेन्सको बाटो कुरेर बसेका प्रर्दशनकारीले पहिले उनलाई थुते र तीन सय मिटर पर धानखेतमा हत्या गरेका थिए । विकसँगै गएका सादा पोशाकमा कुरुवा र एम्बुलेन्स चालक सम्पर्कबिहीन छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।