0 COMMENTS

janakpur जनकपुर, २५ भदौ । जनकपुरमा अाज शुक्रवार बिहान  सबेरै देखी आन्दोलनकारीले सडकमा रोकि राखिएका सवारी साधनहरू तोडफोड गर्दै घरेलु हतियार  प्रर्दशन गर्दै कर्फू उलंघन  गरे पछि सरकार द्वारा सेना परिचालन गरिएको छ । 
जनकपुरको महावीर चोक, माछाबजारमा प्रर्दशनकारीले टायर बालेर आन्दोलन गरिहेका छन् । घरेलु हतियारसहित आन्दोलनकारीले कर्फू उलंघन गरेपछि कडा सुरक्षा ब्यवस्था अपनाईएको स्थानीय प्रशासनले जनाएको छ ।
स्थानीय प्रशासनले विहान ६ बजेदेखि कर्फू लगाएको थियो । आन्दोलनकारीले कर्फुको उलंघन गर्दै सवारी साधनमाथी तोडफोड गर्न थालेपछि प्रहरीले ६ राउड हवाई फायर पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।