0 COMMENTS

काठमाडौ, २५ भदौ । झन्डै ८ वर्षको प्रतिक्षापछि संविधान आउने पक्का भएको छ ।
भदौभित्रै संविधान ल्याउने तयारीसहित आन्तरिक कार्यतालिका तय भएको छ । निर्णय प्रक्रियामा कुनै फेरबदल नभए यही भदौ २९ गते मुलुकले नयाँ संविधान पाउने गरी तयारी भइरहेको संसद सचिवालय स्रोतले जनाएको छ ।
आज दिउँसो २ बजेबाट मतदान प्रक्रिया सुरु हुनेछ र आगामी आइतबार सक्ने तयारी छ । सबै धारा ध्वनि मतले पारित हुनेछन् । संविधानसभाका उपस्थित सदस्य संख्याको दुई तिहाईले समर्थन जनाए हरेक धारा पारित हुनेछन् । असन्तुष्ट ११ दलका ८३ सभासद्ले संविधानसभा बहिष्कार गर्दा पनि संविधान पारित गर्न समस्या हुने छैन ।
यसैबीच प्रमुख तीनदलको बैठक बसिरहेको छ । प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा जारी बैठमा असन्तुष्टका माग र संविधान निर्माण प्रक्रियाका विषयमा छलफल भइरहेको छ । संविधानमा असन्तुष्टका कुन माग समेट्ने भन्नेमा छलफल जारी छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।