0 COMMENTS

Mahottari_district_locationगौशाला, २५ भदौ । महोत्तरीको जलेश्वरलगायत जिल्लाको बलवा, बनौटासहितका ठाउँमा स्थानीय प्रशासनबाट लगाइएको अनिश्चितकालीन निषेधाज्ञा आज बिहान ३ घन्टाका लागि हटाइएको छ ।
बुधबार राति ८ बजेदेखि जिल्ला सदरमुकाम जलेश्वरसहित बलवा र बनौटा गाविसमा लगाइएको अनिश्चितकालीन निषेधाज्ञा आज बिहान ६ देखि ९ बजेसम्मका लागि हटाएको जानकारी प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले दिनुभयो ।
आम नागरिकको दैनिक उपभोगका किनमेल तथा तराई मधेसको संस्कृतिअनुसार नित्यकर्म गर्न घरबाहिर जानैपर्ने कुरालाई ध्यानमा राख्दै बिहान तीन घन्टाका लागि निषेधाज्ञा हटाएको उहाँले बताउनुभयो ।
बुधबार प्रहरीको गोली लागी जलेश्वरमा तीन आन्दोलनकारीको मृत्यु भएपछि उग्र बन्दै गएको जिल्लाको अवस्थालाई देखेर स्थानीय प्रशासनले जलेश्वरसहित जिल्लाको बलवा र बनौटा गाविसमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।