0 COMMENTS

बनेपा, २५ भदौ ।  यौनधन्दा चलाएको आरोपमा  काभ्रे जिल्लाको बनेपास्थित चार दोबाटोमा रहेको काभ्रे स्वीट एन्ड मिठाइ भण्डारमा प्रहरीले छापा मारी  पसल सञ्चालक विनोद गुप्तासहित एक जोडीलाई पक्राउ गरेको छ ।
मिठाइ पसलमा यौनधन्दा गरेको आरोपमा उनीहरुलाई बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो । अभियुक्तलाई सार्वजनिक अपराधअनुसार मुद्दा चलाइएको छ ।
गुप्ताले आफ्नो होटेलमा यौनधन्दा चलाउने गरेको उजुरी छिमेकीहरूले गरेपछि प्रहरीले छापामारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।