प्रकाश बस्याल,२४ भदै,नवलपरासी /नेपालमा आत्महत्या गर्नेको संख्या बढ्दै गएको प्रहरीले जनाएको छ । प्रहरीको तथ्याङ्क अनुसार २०७१र७२ सालमा ४ हजार ३ सय ५० जनाले आत्महत्या गरेका छन् ।तर नवलपरासीमा भने आत्महत्या गर्नेको संख्या घट्दै गएको छ। जिल्ला प्रहरी कार्यलय नवलपरासीको तथ्याङ्क अनुसार आर्थीक बर्ष २०७०÷२०७१ मा १४७ जनाले आत्महत्या गरेका थीय। जसमा पुरुषको संख्या ७१, महिलाको संख्या ६५ बालकको संख्या ६ र बालिकाको संख्या ५ रहेको थीयो।
जसमा झुन्डीएर ४१ पुरुष र ४७ महिला ५ बालक र ५ बालिका गरी ९८ जनाले आत्महत्या गरेका थीय भने बिष सेवन गरी आत्महत्या गर्नेमा २४ पुरुष १६महिला र १ बालक गरी ४१ जना रहेका थीय भने हामफालेर ५ जना पुरुषले आत्महत्या गरेका थीय।त्यस्तैआगो लगाएर २ जना महिला र १ जना पुरुषले आत्महत्या गरेको गरी १४७ जनाले आत्महत्या गरेका थीय।त्यसैगरी आर्थीक बर्ष २०७१÷२०७२ मा अघिल्लो आर्थीक बर्ष मा भन्दा ४ जनाले घटेर आत्महत्या गर्नेको संख्या १४३ पुगेको छ। जसमा ६८ पुरुष र ७५ महिला रहेको थीयो।
जसमा झुन्डीएर ४७ पुरुष र ५२ महिलाले आत्महत्या गरेका थीय भने बिष सेवन गरी आत्महत्या गर्नेमा १७ पुरुष र २० महिला रहेका थीय भने हामफालेर १ जना पुरुष र १ महिलाले आत्महत्या गरेका थीय।त्यस्तैआगो लगाएर २ जना महिलाले आत्महत्या गरेका थीय भने पानिका डुबेर ३ जना पुरुष र बिभिन्न औजारहरुको प्रयोग गरी २ जना पुरुषले आत्महत्या गरेसंगै आर्थीक बर्ष २०७१÷२०७२ मा ६८ पुरुष र ७५ महिला गरी कुल १४३ जनाले आत्महत्या गरेका थीयो।तर आर्थीक बर्ष २०७२÷२०७३ को श्रावण यता नवलपरासीमा २० जनाले आत्महत्या गरेको प्रहरकिो तथ्याङ्कमा रहेको छ।जसमा झुन्डीएर ८ जना पुरुष र ४ जना मअिला गरी १२ जनाले आत्महत्या गरेका थीय त्यस्तै बिष सेवन गरी ३ जना पुरुष र ४ जना महीला गरी ७ जनाले आत्महत्या गरेका थीय र पानिमा डुबेर १ जना पुरुषले आत्महत्या गरे संगै आर्थीक बर्ष २०७२÷२०७३ मा अहिलेसम्म आउदा १२ पुरुष र ८ महिलाले आत्महत्या गरेका छन्।
यो तथ्याङ्क अघिल्लो बर्ष भन्दा केही कम हो ।बाढी पहिरो तथा भूकम्प जस्ता प्राकृतिक विपदमा परेकामध्ये धेरैजसोमा मानसिक तनाव र निराशा पाइएकाले आत्महत्या गर्नेको जोखिम बढ्न सक्ने अनुमान गरिएको छ । गरिबी, बेरोजगारी, अशिक्षा, तनाव, प्रेममा असफल जस्ता कारण आत्महत्याको मुख्य कारक मानिएको छ । नवलपरासीका प्रमुख जिल्ला अधिकारी हरी प्रसाद मैनालीका अनुसार लागुपलाथृ दुर्वेशनि। पारीवारीक असमझदारी लगाएत का वानिमा सुधार गर्न सकियो भर्ने आत्महत्या का घटनामा कमी आउने देखीन्छ।