0 COMMENTS


काठमाडौं, २४ भदौ ।
मुख्य तीन दलले वार्ताका लागि गरेकाे  अन्तिम आह्वानलाई दुई वटै मधेसी मोर्चा  हरूले अस्वीकार गरेका छन् । बुधबार साँझ नेपाली कांग्रेस, एमाले र एमाओवादीले संयुक्तरुपमा आन्दोलनमा रहेका दलहरुलाई वार्ताका लागि  आह्वान गरेका थिए ।

तीन दलको आह्वानलाई संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र बिजयकुमार गच्छदारको मोर्चाले अस्वीकार गरेको छ । दुवै मोर्चाले पूर्व सर्त तेर्याउँदै बार्तालाई अस्वीकार गरेका हुन । यसअघि पनि प्रधानमन्त्री कोइरालाले तीन पटक वार्ताका लागि पत्रचार गरीसकेका छन ।

लोकतान्त्रिक मोर्चाले दुई पूर्व सर्तहरु राखेको छ । मधेस बिद्रोहमा तत्काललित प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग गरिएको २२ बुँदे सहमति कार्यान्वन र संविधान निर्माण प्रक्रियामा रोक उनीहरुका सर्त छन् भने थारुहरुलाई छुट्टै प्रदेशका लागि चितवनदेखि कंचनपुरसम्मको भूभागलाई समेटी आठाँै प्रदेश बनाउनु पर्ने गच्छदार मार्चाको सर्त रहेको छ ।
मधेसी दलहरु तत्काल वार्ता आउने संकेत नपाएपछि शिर्ष तीन दलले संविधान निर्माणको प्रक्रियालाई थाँति नराख्ने निर्णय पनि गरेका छन् । उनीहरुले वार्तामा आए माग पुरा हुने ठाउँ भएपनि उनीहरु नै वार्ताका लागि तयार नभएको निस्कर्ष निकालेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।