0 COMMENTS

 काठमाडौँ । धादिङमा माओबादी कार्यकर्ताको हत्या गरि फरार भएका साजन गुरुङलाइ बुधबार प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले धादिङ सेमजोङ ८ का नचोक उर्फ साजन र कारजोन गुरुङलाई काठमाडौँको खिचापोखरीबाट पक्राउ परेको हो । साजनमाथि २४ माघ २०७० मा माओबादीका बाईसीएल कार्यकर्ता पवन भन्ने पहलमान तामाङको हत्या गरेको अभियोग लागेको छ ।

२८ वर्षका साजनलाई काठमाडौंको न्यूरोडमा लुकेर बसेको अवस्थामा पक्राउ गरेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए । खिचापोखरी गल्लीभित्र ४ तले घरमा बाहिरबाट ताल्चा लगाएर उनी बसेका थिए, विशेष सुराकीका आधारमा उनी पक्राउ परेको खनालले जानकारी दिए ।

उनको साथबाट प्रहरीले हेमन्त गुरुङको नाममा जारी भएको निर्वाचन आयोग भारतको कार्ड र १ थान चुप्पी बरामद गरेको छ । प्रहरीका अनुसार साजनले उद्योगी व्यवसायीलाई धम्क्याउने र रकम असुल्ने गरेको पाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।