0 COMMENTS

काठमाडौं२३ भदाै । संविधानसभाको चौथो ठूलो दल राप्रपा नेपाल संविधान निर्माण प्रक्रियाबाट अलग भएको छ । बुधबार बसेको राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधान निर्माण प्रक्रियामा सहभागी नहुने निर्णय गरेको हो ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले ट्वीट गरेका छन्, ‘राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले संविधान निर्माणको बाँकी प्रक्रियाबाट अलग हुने निर्णय गरेको छ ।’

राप्रपा नेपालको केन्द्रीय कार्यसम्पादन समितिमा अधिकांश नेता संविधान निर्माणको प्रक्रियाबाट बाहिरिनुपर्ने पक्षमा उभिएका थिए ।तर, पार्टी अध्यक्ष थापाले भने प्रक्रियामा रहिरहनुपर्ने भन्दै निर्णयमा नोट अफ डिसेन्ट लेख्ने बताए ।

अध्यक्षले नै नोट अफ डिसेन्ट लेख्ने भनेपछि नेताहरु छलफलमा जुटिरहेकाबेला कमल थापाले ट्वीट गर्दै संविधानसभाबाट अलग हुने घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।