आम हिन्दुधर्माबलम्वी (आदि सनातन देवी देवताका धर्म अङ्गीकार गर्ने समूह) हरूलाई सायद यो धेरैलाई थाह नहुन पनि सक्दछ कि वर्तमान आधुनिक युगमा संसारको उत्कृष्ट धर्म ग्रन्थ कुन होला ?हो अब थाह पाइराख्नुहोस् वर्तमान विश्वमा भएका,गरिएका जेजस्ता गतिविधि घटनाहरू जे छन्, तीमध्येका सबैभन्दा उत्कृष्ट(सर्वश्रेष्ठ) भएकामा प्रमाणित भएकाहरूको तथ्याङ्क राख्ने विश्व रेकडर गिनिज बुकको मूल्याङ्कनमा आजसम्मकै सर्वश्रेष्ठ धर्म ग्रन्थ भनेर आदि सनातन “भागवतगीता”लाई प्रथम स्थानमा विराजमान गराइएको छ ।
यद्यपि एक्काइसौं शताब्दीसम्म आइपुग्दा पनि जसलाई हिन्दु धर्मावलम्बी भनेर चिनाउंछौं हामी “भागवत गीता” केवल हिन्दुहरूको धार्मिक ग्रन्थ भनेर रटिरहेछौं रटाइरहेछौं ।
तर समस्त धर्म ग्रन्थहरूको मूल मर्मलाई सूक्षम रूपले अध्ययन मनन गर्यो भने हाम्रो (हिन्दु) सोचाइ गलत सावित हुने प्रबल सम्भावना देखिन्छ । किनभने हिन्दु वैदिक परम्परागत शास्त्रानुसार भनिन्छ “भागवत गीता” ज्ञान सर्वप्रथम भगवान स्वयम्ले सूर्यलाई बताउनुभयो सूर्यलेमनु लाई बताउनुभयो मनुले राजमहर्षि ईक्ष्वाकुलाई बताउनुभयो । समयको कालचक्र सगै कालान्तरमा “भागवत गीता” ज्ञान संसारबाट नै लुप्त हुन पुग्यो ।
तत्पश्चात समस्त जगत कल्याणका लागि पुनः द्वापरयुगमा भगवान् श्री कृष्णको रूपमा भारतवर्षमा अवतरण हुनुभयो । र पाण्डव भाइ मध्येका गाण्डिवधारी अर्जुनलाई निमित्त बनाई स्वयम् भगवानको वचनबाट “भागवत गीता” ज्ञान दिनुभयो । अब मान्नुस् राजमहर्षि ईक्ष्वाकुको समय त कता हो कता ? भगवान् श्री कृष्णले अर्जुनलाई “भागवत गीता” बताइएको समय पनि आजसम्म लगभग पाचहजार वर्ष बितिसकेको बताइन्छ तापनि हामीले “भागवत गीता” मा खोज्ने हो भने न त त्यहा“ हिन्दु शब्द उल्लेख पाइन्छ न त भागवत गीता हिन्दु धर्मावलम्बीहरूको धार्मिक ग्रन्थ भनिएको पाइन्छः तसर्थ पनि “भागवत गीता” हिन्दुहरूको मात्र एकलौटी पेवा पक्कै पनि होइन ।
प्रमुख कुरा यो पनि सत्य हो कि आजसम्म संसारका कुनै पनि धार्मिक सम्प्रदायका धार्मिक ग्रन्थमा “भगवान् वाक् (वचन) भनेर उल्लेख गरिएको पाइँदैन । तर “भागवत गीता” ज्ञान ग्रन्थ मात्र यस्तो प्राचीन ग्रन्थ हो जसलाई “भगवान वाक्”(वचन) भनिन्छ जो स्वयम् भगवान् यस धरामा अवतरित भएर जगत् कल्याणको लागि दिइएको ज्ञान मानिएको छ । यसलाई अझ प्रस्टयाउन यो प्रसङ्ग पनि सान्दर्भिक ठान्दछु कि, आजसम्मको सर्वश्रेष्ठ ग्रन्थ “भागवत गीता” हो भने विश्व रेकर्डर गिनिज बुकको तथ्याङ्ककै मूल्याङ्कनमा संसारको सबैभन्दा पुरानो लिपिबद्ध ग्रन्थ पनि आदि सनातनले स्विकारेको चारवेद मध्येका ऋग्वेदलाई मानेको छ ।
यसको मतलव संसारको सबैभन्दा पुरानो लिपि पनि संस्कृत लिपि नै हो । त्यति मात्र होइन विगतदेखि वर्तमान अवस्थासम्म विभिन्न समयमा भाषा शोधकर्ताहरूका मूल श्रोतका रूपमा संस्कृत भाषाको प्रधानता भएको तथ्यहरू बताइएको पाइन्छ । जस्तो कि अङ्ग्रेजीमा door त्यसैलाई संस्कृतमा “द्वार” अङ्ग्रेजीमा, father,mother,brother, क्रमशः संस्कृतमा पिता, माता, भ्रात आदि । तर मूल रूप संस्कृत भाषा भए तापनि देशकाल परिस्थिति अनुसार अपभ्रंश भएर कालान्तरमा फरक उच्चारण भएको मानिन्छ, यद्यपि सबै शब्दमा यो प्रक्रिया लागु हुदैन । किनभने समाजको विकाससगै भाषा भित्रका शब्दहरूको पनि विकास भएको पाइन्छ । तत्कालीन समयमा मानवलाई अनिवार्य भएका शब्दहरूमा भने कतै न कतै मूल श्रोत संस्कृत भाषा नै भएको मानिन्छ ।
यस सम्बन्धी प्रसङ्ग र प्रमाणहरू छन् तर यहाँ छोटकरीमा स्मरण मात्र गराउन खोजेको छु । यहाँ बाइबल सम्बन्धमा छोटो प्रसङ्ग जोड्न उपयुक्त देखिन्छ कि भागवत गीतामा भगवान् श्री कृष्णले अर्जुनलाई बताउनुभएको धेरै श्लोकहरु मध्ये एक श्लोकमा ( जुन बाइबलमा हुबहु उल्था गरिएको पाइन्छ) एकपटक ध्यान दिऊ, भगवान् भन्नुहुन्छ
सर्वधर्मान्परित्यज्य मामेकं शरणं व्रजः
अहं त्वां सर्वपापेभ्यो मोक्षयिष्यामि मा सुचः
श्रीमद्भागवद्गीता अठार अध्याय श्लोक ६६
अर्थात सबै धर्मलाई त्यागेर तिमी मेरो शरणमा आऊ । म तिम्रो सम्पूर्ण पापलाई नष्ट गर्छु । म नै तिमीलाई मुक्ति दिन्छु । तिमी कसैसगँ नडराऊ किनकि यसरी मेरो शरणमा आउने प्राणीको सम्पूर्ण जिम्मा म लिन्छु । त्यसको सबै पाप कर्मको म क्षमा दिनेछु र मुक्ति दिनेछु । उक्त श्लोकको हुबहु नक्कल जस्तै बाइबलमा पनि प्रभु यशुले बताउनुभएको छ । यही कुरालाई इसाइँमार्गीहरु भन्नुहुन्छ कि यशु नै मुक्ति दाता हुन् , यशु बाहेक कसैले मुक्ति दिन सक्दैनन् अनि यशुले नै पाप नष्ट गर्नुहुन्छ ।
माथिका सबै प्रसङ्गलाई बुझिसकेपछि यहा“ प्रश्न उठ्छ कि तत्कालीन समयमा मानिसहरूले कुन धर्म पालन गर्दथे त ? उत्तर स्पष्ट छ कि त्यसताका समस्त मानवहरू आदि सनातन देवी देवता मान्ने मानव धर्म पालन गर्दथे । किनभने “भागवत गीता” भगवनद्वारा कुनै सम्प्रदाय विशेषलाई बताइएको ग्रन्थ होइन नितान्त समस्त मानव लगायत प्राणी हितका लागि उपलब्ध (प्रबन्ध) गराइएको ज्ञान थियो । त्यसैले भागवत गीता मानव धर्मको संरक्षक हो । त्यसकारण पनि आज संसारका जुनसुकै भाषामा पनि “भागवत गीता” अनिवार्य अनुवाद भएको छ ।
तसर्थ अब एकछिन शान्त भएर सोचौं हामी हिन्दु कसरी भयौं ? या इब्रहाम भन्दा पहिले इस्लाम धर्म कहा“ थियो ? महात्मा गौतमबुद्ध भन्दा अगाडि बौद्ध धर्मको अवस्था के थियो ? त्यसरी नै जिससक्राइस्टको उदय हुनु पूर्व क्रिस्चियन धर्म थियो कि थिएन ? त्यस्तै जैन, शिख आदि इत्यादि वर्तमान विश्वमा जे जति नामका धार्मिक सम्प्रदायहरू छन् ती सबै धर्महरूको सैद्धान्तिक अवस्था भगवान् श्रीकृष्णले अर्जुनलाई भागवत् गीता बताइरहँदाको समयमा के कस्तो थियो ?
अब यी प्रश्नहरू मार्फत तेस्र्याइएको शङ्काहरूलाई मेटाउन निम्न छोटा प्रसङ्गहरू गहिरिएर मनन गरौं ।
१) आदि सनातन देवी देवताका धर्म पालन गर्ने मानव हामी हिन्दु कसरी भयौं त भन्दा मानव सभ्यताका प्राचीन बसोवास क्षेत्र सिन्धु घाँटीका आसपासको मानव (आर्यन)हरू पनि आदि सनातन देवी देवता धर्मका उपासक थिए । समयको चक्रस“गै त्यहा“का आर्यनहरू बीच फुट पैदा भयो । अन्ततक्ष एक पक्ष आर्यनहरू भारतीय क्षेत्रमा पर्ने हिन्द महासागर आसपास फैलिंदै गए । कालान्तरमा त्यस हिन्द क्षेत्रमा बसोवास गरी आदि सनातन देवी देवता धर्म मान्ने आर्यनहरूलाई नै हिन्दु भनियो र उनीहरूले मानिआएका धर्म पनि हिन्दु धर्म हुन गयो । तसर्थ हिन्दु शब्द धर्म नभएर संस्कृति हो । त्यसरी नै बा“की अर्को पक्षका आर्यनहरू सिन्धु क्षेत्रबाट जर्मनतिर गए । आज पनि जर्मनी आफूहरूलाई आर्यन हौंँ भन्ने गर्दछन् । हो, उनीहरू आर्यन नै हो भन्ने कुरा वर्तमान समयमा बोलिने जर्मन भाषाका असी प्रतिशत शब्द संस्कृतबाट नै आगन्तुक भएको प्रमाणित भइसकेको तथ्यले पनि पुष्टी गर्दछ ।
२) इस्लाम धर्मको सम्बन्धमा पनि भनिन्छ मो. पैगम्वरलाई तत्वज्ञान प्राप्त हुनु पूर्व त्यहा“ इस्लामहरू पनि ३६० प्रकारका देवी देवताका पूजा आराधना गर्दथे रे जब मो.पैगम्वरमा ब्रह्मत्व प्राप्त भयो तब उहा ले मक्कामा आफ्ना धार्मिक सम्प्रदायहरूलाई भन्नुभयो कि “अल्लाह” एक हुनुहुन्छः अन्य हामीले मानी आएका ३६० प्रकारका देवी देवता अनावश्यक छ । तिनीहरूलाई मक्काबाट हटाउन आदेश दिनुभयो । तर त्यहा“ हटाउने र नहटाउनेको ठूलो विवाद भयो । फलस्वरूप मार्ने मर्ने सम्मको स्थिति पैदा भयो । तब अकस्मात आकाशबाट एक पत्थर ( जसलाई कावाको पत्थर भनिन्छ ।) जमिनमा खस्यो र आकाश वाणी भयो कि– हो. पैगम्वरले जे भनिरहेछ त्यही सत्य हो र मेरो यस स्वरूपलाई मान । अल्लाहको त्यस्तो वचन सुनेपछि सबैजना स्तब्ध भए र त्यही कावाको पत्थरलाई “अल्लाह” स्वरूप मानी आजसम्मको इस्लाम धर्म परम्परा भएको मानिन्छ ।
३) “भागवत गीता” नै सर्व धर्मको मूल श्रोत हो भन्ने बलियो प्रमाण दिन क्रिस्चियन धर्म सम्बन्धी यो प्रसङ्ग प्रस्तुत गर्न अझ सान्दर्भिक देखिन्छ । हामीलाई ज्ञान भएसम्म जिसस क्राइस्टको १३ वर्षको उमेरदेखि ३३ वर्षको उमेर सम्मको कुनै पनि घटना क्रम “पवित्र बाबवल” मा उल्लेख पाईंदैन । त्यसो हो भने परमेश्वर पुत्र जिसस क्राइस्ट कहा“ हुनुहुन्थ्यो त ? यस सम्बन्धमा ब्रह्मकुमारी राजयोगका प्रचारक ब्रह्मकुमारी उषाजीले भागवत गीता सम्बन्धी एक प्रवचनमा भन्नुभएको छ कि, जिसस क्राइस्ट १३ वर्षको उमेरदेखि ३३ वर्षको उमेरसम्मको अवधिमा उहा“ले भारतवर्षमा, आई विभिन्न संस्कृत पीठ, योगाश्रम, विद्याश्रममा बसेर महान् ऋषि विद्धान्हरूको सानिध्यमा भगवान् वाक् “भागवत गीता” अध्ययन मनन गर्नुभयो ।
जब प्रभु यशुमा भागवतताको चरम उत्कर्षता प्राप्त भयो तब उहा“लाई लाग्यो कि अहा ! कति सुन्दर दर्शन ! संसारको उत्कृष्ट मानव जीवन उपयोगी ज्ञान यस्तो मानवकल्याणकारी ज्ञान त मैले मेरा ठाउँका मानिसहरूलाई पनि सिकाउनुपर्छ भनी उहा आफ्नो देश फर्कनुभयो । तत्पश्चात उहा“ले यहुदीहरूमाझ भागवत गीतालाई “कृष्णनीति” भनेर सिकाउनुभयो । किनकि उहा आफूलाई श्री कृष्ण सग दाज्नुहुन्थ्यो रे किनभने भगवान श्री कृष्ण पनि गाई बाच्छाहरूको सङ्गतमा हुर्केको ग्वाला उहा“ जिसस क्राइस्ट पनि भेडाबाख्राहरूसग गहिरो सम्बन्ध राखेर हुर्केको गोठालो हुनुहुन्थ्यो । तब प्रभु यशुले “कृष्ण नीति” भन्नुहुन्थ्यो त्यहाका आम यहुदीहरूले कृष्ण नीति” लाई भाषिक दोषका कारण “क्रिस्चियनीति” उच्चारण गरिन्थ्यो र विस्तारै “क्रिस्चियनीति” नै बोलिन थालियो ।
यसरी जिसस क्राइस्टद्वारा “कृष्णनीति” यानि कि क्रिश्चियनीतिको व्यापक प्रचार गरियो । फलस्वरूप तत्कालीन यहुदी शासकहरूलाई डर हुन थाल्यो कि कृष्णनीति (क्रिस्चियनिटी) ले उनीहरूको परम्परागत धार्मिक आस्थालाई विस्थापित गर्ने निश्चित भयो , तब शासक वर्गहरूले जिसस क्राइस्टलाई क्रुसमा झुन्ड्याई दण्ड दिने कुरा अमानवीय निर्णय गरेरै छाडे । जिसस क्राइस्ट लगायत अरु दुई जनालाई पनि क्रुसमा झुन्ड्याइयो । उक्त घटनाको दोश्रो दिन कृष्णनीति –क्रिस्चियनिटी) का अनुयायीहरू क्रुस राखिएको ठाउ“मा पुग्दा दुई जनाको प्राण पखेरुले शरीर त्यागिसकेको थियो तर प्रभु यशु भने जिवितै हुनुहुन्थ्यो किनभने प्रभु यशुले भागवतता महान् ज्ञान प्राप्त गरिसक्नुभएको थियो जसको कारण उहाले आफूलाई जिवितै राख्न सफल हुनुभएको मानिन्छ । जब आफ्नो अगाडि उहाले आफ्ना अनुयायीहरूलाई देख्नुभयो र उहाले भन्नुभयो “मलाई यस क्रुसबाट उतारी” तुरुन्तै उहा“लाई उतारिइयो तब उहा“ले भन्नुभयो कि अब तिमीहरूले क्रुसलाई यथास्थितिमा राखिदेऊ, अब म फर्किन चाहन्छु, तिमीहरूले मेरो पिछा नगनुू”भनी त्यहा बाट उहा हिंड्नुभयो ।
सायद यही प्रसङ्गलाई पवित्र बाइबलमा परमेश्वरपुत्र जिसस क्राइस्ट सशरीर स्वर्ग जानुभएको थियो भनी व्याख्या गरिएको हुन सक्छ । हिन्दु सनातनवादी अनुसन्धानकर्ताहरूको अनुसार प्रभु जिसस क्राइस्ट पुनः भारत वर्षमा फर्किनुभयो र “भागवत गीतामा लीन” भएर ९३ वर्षको आयुमा परमधाम हुनुभयो भन्ने कथन पाइन्छ । भनिन्छ, केही वर्ष पहिले वहा“को चिहान भारतको श्री नगरमा पाइएको भनाइहरू पनि चर्चामा पाइएको छ । उता सातौ दिनमा यहुदी शासकहरू अब त जिसस क्राइस्टको शरीर चील गिद्धले खाइसके होलान् भनी क्रुस राखिएको ठाउमा हेर्न गए तर त्यहा त अचम्म भयो कि दुईवटा लास यथावत छन् तर बीचमा राखिएको जिसस क्राइस्टको भने क्रुस मात्र छ ।
जिसस क्राइस्ट त्यहा“बाट बेपत्ता भएको पाए । अब त्यहा“का यहुदी शासकमाझ ठूलो खलवली पैदा भयो किनभने शासकवर्गभित्र पनि क्राइस्टको “कृष्णनीति”सही हो भन्नेहरू थिए र क्राइस्टका विरोधी यहुदीहरू पनि नास्तिक नभएर आस्तिक नै थिए । त्यसैले उनीहरूमाझ शङ्का पैदा भयो कि हामीले गल्तीँ त गरेनौ ? किनभने यसरी सशरीर जान सक्ने क्षमता साधारण मनुष्यमा कदापि हु“दैन क्राइस्टमा केही ईश्वरीय शक्ति पक्कै छ । अब हामीले यथार्थ खोज्नुपर्छ भनी समस्तकृष्णनीति(क्रिस्चियनिटी)का अनुयायीहरूलाई बोलाइयो र भनियो कि तिमीहरूले जिसस क्राइस्टको “कृष्णनीतिमा” जे जति सिकेका, जानेका, बुझेका छौ त्यो सबै लिखित रूपमा हामी शासकलाई बुझाऊ भन्ने आदेश दिइयो । भनिन्छ, ती सबै कृष्णनीति –क्रिस्चियनिटी) का अनुयायीहरूले ती सबै कुरा लेखेर बुझाउन कैयौं वर्ष लाग्यो रे । अन्ततः कृष्णनीतिका अननुयायीहरूले लेखेर दिइएको समग्र दस्तावेजलाई पवित्र बाइबल भनियो ।
स्मरण रहोस जिसस क्राइस्टले कहिल्यै पनि आफूलाई परमात्मा परमेश्वर
(god) भनेर भन्नु भएको छैन ।
४) बौद्धधर्मका प्रणेता महात्मा सिद्धार्थ गौतम बुद्धले कुन धर्म पालन गर्नुहुन्थ्यो त यस सम्बन्धमा पनि छोटो चर्चा गर्न आवश्यक ठान्दछु । महात्मा गौतम स्वयम् क्षेत्रीय कुलका शाक्यवंशी एक राजकुमार हुनुहुन्थ्यो । यसबाट स्पष्ट छ कि उहाको तत्कालीन पारम्परिक धर्म पनि आदि सनातन देवी देवता धर्म नै हुने भयो । जब उहा“मा वैराग्य पैदा भयो उहा“ले राजदरबारका भौतिक सुख, सुविधा, वैभव, श्रीमती, छोरा लगायत देश समेत त्यागी कन्धक नामका घोडा र छन्दक नामका घोडाका सेवक लिएर प्रवासिनुभयो । ज्ञान घोषित गर्ने क्रममा उहा“ले विभिन्न ठाउ“मा ज्ञानको शिक्षा लिंदै हिड्नुभयो ।
यस क्रममा उहा“ले आदि सनातन धार्मिक श्रवण परम्पराका ध्यानाचार्य आदर कालमद्वारा सातौं लोकीय ध्यान लगायत शास्त्रीय ज्ञान प्राप्त गर्नुभयो र धन्यवाद दिंदै उहा“ फेरि हिड्नुभयो । पुनः मगध देशमा उहा“ले आदि सनातन श्रवण परम्पराकै ध्यानाचार्य उद्देकराम पुतबाट आठौं लोकीय ध्यान पनि हासिल गर्नुभयो । तर पनि महात्मा गौतम सन्तुष्ट हुनुभएन किनकि उहा“ लोकोत्तर ज्ञान (शान्ति) प्राप्तिको भोको हुनुहुन्थ्यो । त्यसैले उहा“ अझ अगाडि बढेर ध्यानमा लीन हुनुभयो र बोधिसत्व (निर्वाण) प्राप्त गर्नुभयो । स्मरण रहोस् , महात्मा गौतम बुद्धकै सिद्धान्तमा रहेर बौद्ध धर्मको उदय भएको स्पष्ट छ । बौद्धमार्गीकै अनुसार पनि भनिन्छ – सिद्धार्थ गौतम भन्दा पहिले पनि धेरै बुद्धहरू थिए । तिनका विभिन्न अवतारहरू मध्येका अन्तिम बुद्ध शाक्य बुद्ध हुनुहुन्छ । फेरि यता सिद्धार्थ गौतमको जीवनीलाई बौद्ध मान्यतानुसार नै बुझ्ने हो भने पनि त्यहा“ आदि सनातन मार्गीहरूसग नै प्रसङ्ग जोडिएर आउदछ ।
जस्तो महात्मा बुद्ध भन्दा धेरै कल्प पहिले भगवान दीपाङ्कर सम्यक सम्बुद्धले एक दुःखी सुमेध नाम गरेका ब्राह्मणको मनोकामना पूरा गर्दै भविष्यको सिद्धार्थ गौतम हुनेछौ भनी आशीर्वाद दिनुभयो । ठीक त्यसै समयमा एक ब्राह्मण पुत्री सुमित्रालाई पनि हरेक जन्ममा ब्राहमण सुमेधको सधर्मिणी हुदै अन्तमा यशोधराका नामले सिद्धार्थ गौतम बुद्धकी अर्धाङ्गीनी हुनेछौ भनी आशीर्वाद दिनुभयो । तदनुरूप कल्पाैँ कल्पसम्म सम्यक् सम्बुद्ध प्राप्तिको लागि भिन्न प्रज्ञापारमीताहरू पार गर्दै शाक्य कुलका सिद्धार्थ गौतमको जन्म भएको प्रसङ्ग पाइन्छ ।
यसर्थ पनि भगवान बुद्ध पनि आदि सनातन मार्गी भन्दा फरक पक्कै पनि हुनु भएन । त्यसो भने वहाले पनि “भागवत गीता” अध्ययन गर्नुभएन भन्नु मूर्खता ठहरिन्छ । यति मात्र फरक यो हो कि उहाले हिंसा त्यागी अहिंसालाई महत्व दिनुभयो । त्यस्तै गुरु नानक, गुरु गोविन्द सिंह जैन धर्म प्रवर्तक स्वामी महावीर लगायत सिद्धि साइबाबादेखि ओसोसम्म आइपुग्दा पनि उहाहरूको महानताको लक्ष्य प्राप्ति गर्न भागवत गीताभित्रको ज्ञान रसकै महानतम भूमिका पाइन्छ ।
यतिमात्र कहा हो र ? आजसम्म संसारका महान् व्यक्तित्व चाहे जुनसुकै विद्याका हुन् दार्शनिक, वैज्ञानिक, राजनैतिक या धार्मिक उनीहरू सबैले भागवत गीतालाई सूक्ष्म रूपले अध्ययन गरेको पाइन्छ । यहाँ सम्म कि कालमाक्र्सले पनि भागवत गीता अध्ययन गरेकै हो । त्यसैले त प्रथम पटक संसारमा विशाल नास्तिकहरूको सङ्गठन तयार गर्ने व्यक्तिको रूपमा कार्लमाक्र्स पहिलो महान् हस्ती हुनुहुन्छ । किनभने जसरी महात्मा बुद्ध स्वामी महावीरलाई अहिंसाको पक्ष सुन्दर लाग्यो त्यसरी नै कार्लमाक्र्सलाई अध्यात्म भित्रको भौतिकवादका पक्षहरू मात्र सुन्दर लाग्यो ।
तसर्थः विगत पाच हजार वर्षदेखि आजसम्म जति पनि धार्मिक सम्प्रदायको जन्म भयो ती कसैले पनि मानव मात्र कल्याणको लागि नयाँ सिद्धान्त दिन सकिरहेका छैनन् । हामीले सबै धर्मका सिद्धान्तहरूलाई सूक्ष्म अध्ययन गर्ने हो भने साझा भाव
(common fact) भागवत गीताको बृतभन्दा बाहिर गएको कतै पाईंदैन । हो देश, काल, परिस्थिति, वक्ता, कर्ता अनुसार कथा, व्याख्या, प्रयोग आख्यान फरक हुन सक्छन् तर सम्पूर्ण मानव हितको लागि प्रयोग गरिने नियमहरू समस्त धर्मको सिद्धान्तमा एकरूपता पाइन्छ, जस्तो, दया, सत्य, अहिंसा श्रमशीलता, परोपकार, गर्नु, दुराचार, व्यभिचार नगर्नु सत्कर्म पाप पुण्य, नरक आदि इत्यादि जुन कुरा पहिले भगवान श्री कृष्णले मानवहितको लागि अर्जुनलाई बताइसक्नुभएको छ । यही यसो भने संसारमा जेजति धार्मिक मान्यता, सम्प्रदाय, सिद्धान्त परम्परा जे छन् ती सबैको मूल श्रोत भगवान वाक् भागवत गीता हो भन्न किन अल्मलिने ?
उल्लिखित प्रसङ्गलाई बलियो बनाउन अझ निम्न लिखित तथ्यहरूले सघन सहयोग पुर्याउनेछन् । हिन्दु सनातन मान्यतानुसार हामी परमात्मा निराकार, ज्योति स्वरूपलाई स्विकार्दछौंँ । त्यसैले हामी हिन्दु सनातनमार्गीहरू “ज्योतिर्लिङ्ग” पशुपति बाबाको पूजा ध्यान साधना गर्दछौंँ । भारतमा पनि बाह्र ज्योतिर्लिङ्गका महान् तीर्थस्थलको रूपमा निर्धारण गरिन्छ । स्मरण रहोस् ज्योति माने प्रकाश (light)
मुस्लिम धर्मको धार्मिक परम्परामा पनि जब मुस्लिम धर्मावलम्बीहरू भक्कामा जान्छन् त्यहा“ शैतानहरूमाथि ढुङ्गा बर्साउँछन् ।
अनि मक्कामा राखिएको कावाको पत्थरलाई चुम्दछन् र प्रार्थना गरेर भन्दछन् कि हे पखदिगार नुरे लाही, मेरे हर्ज कबूल हो । अल्लाह नुर है” । यहा“ मुस्लिम भाषामा शब्दको अर्थ हुन आउँदछ “नुर” माने प्रकाश (light) ।
इसाई (क्रिस्चियन) धर्मावलम्बीका मोजेजहरू जब हिमालय पर्वततिर गए त्यहा“ उनीहरूले आकाशमा अखण्ड दिव्यज्योति (light)को साक्षात्कार पाए ।तब उनीहरुले,योकोवा super light भनेर प्रार्थना गरे जहा“ भोजेजहरू दश आदेश (ten command) पाएको भनेर बाइबलमा उल्लेख गरिएको छ । यो सर्वविदितै छ कि जिसस काइस्टले कहिल्यै पनि आफूलाई भगवान् भन्नु भएन तर वहा“ जहिले पनि good is light and son of god भन्नु हुन्थ्यो । भनिन्छ अहिले पनि भ्याटिकन सिटीको चर्चमा राखिएको पोपको गद्दी (आसन) मा कुनै पनि व्यक्तिको प्रतिमा हुदैन त्यहा“ केवल दिव्य अखण्ड ज्योतिस्वरूप राखिएको जसलाई क्रिस्चियनहरू light, प्रकाश भन्दछन् ।
यता बौद्ध धार्मिक परम्परामा ध्यानको अत्यन्त महत्वपूर्ण स्थान पाइन्छ । त्यसैले आज पनि बौद्ध परम्पराका जापनीजहरू ३ फिट अग्लो स्थानमा एक थाली राख्दछन् र थालीको मध्य भागमा एउटा रातो पत्थर (rad stone) अर्थात् कर्निकाको पवित्र पत्थर राख्दछन् जसलाई जापनिजहरूले “चिन्कोन्सिकी” (शान्तिदाता) भन्ने गर्दछन् । त्यही चिन्कोन्सिकीलाई ३ फिटकै दूरीमा आखाको समानन्तर पारेर “चिन्कोन्सिकीमा” दृष्टि एकाग्र गरेर ध्यान meditation गरिने चलन अत्यधिक पाइन्छ । किनभने महात्मा बुद्धले आफूलाई भगवान् भन्नुभएको छैन । न त वहा“ले प्राचीन शास्त्रमा लेखिएको श्रृषि मुनिहरूले भनेको कुरालाई पालन गर्नुभएको छ । वहाले मेरो सिद्धान्त यो हो तिमीहरूले पनि यही गर्नुपर्छ भनेर कहिल्यै भन्नुभएन । महात्मा बुद्धले जहिले पनि निमन्त्रणा मात्र दिनुभयो आऊ तिमी भित्रका ज्योति (light) तिमी आफैँ भित्र गएर परिचय लेऊ कि तिमी को हौ ? शान्ति के हो ? ध्यानको माध्यमद्वारा आफैँभित्र परमात्मा खोज्ने कला सिकाउनुभयो । अन्तरहृदयमा अवस्थित ज्योति स्वरूप परमात्मा जसलाई महात्मा बुद्धले निर्वाण नाम दिनुभयो ।
यता जैन परम्पराका प्रवर्तक महावीर स्वामीले पनि चौबीस तीर्थकरण नामले ध्यान मुद्रामा परमात्माको निराकार अखण्ड दिव्य ज्योतिस्वरूप दर्शाएर सर्वश्रेष्ठ “सिद्ध शिलापति” भन्नुभएको पाइन्छ ।
उल्लिखित तथ्यहरूलाई बुझिसकेपछि सबै धार्मिक सम्प्रदायहरूका अन्तिम गुह्य लक्ष के रहेछ त, पुनः एक पटक दोहोर्याऔं । जस्तैः —
१) हिन्दु सनातन धार्मिक परम्परानुसार सर्वमान्य सिद्धान्तमा आधारित “परमात्मा ज्योति स्वरूप” मतलव प्रकाश (light)
२) इस्लाम धार्मिक परम्परानुसार सर्वमान्य सिद्धान्तमा आधारित “अल्लाह नुर” मतलव प्रकाश (light)
३) इसाई धार्मिक परम्परानुसार सर्वमान्य सिद्धान्तमा आधारित god is light and son god मतलव प्रकाश(light)
४) बौद्ध धार्मिक परम्परानुसार सर्वमान्य सिद्धान्तमा आधारित “निर्वाण (चिन्कोन्सिकी) मतलव प्रकाश(light)
५) आदि इत्यादि जुनसुकै र्धािर्मक परम्परा नियाल्दा पनि अन्तत्वगत्वा परमात्मा प्राप्तिको लागि एकाग्र ध्यान mediation लाई प्रमुखता दिइएको पाइन्छ जो परमात्मा (light) अत्यन्तै एकाग्र ध्यान नभई प्राप्त हुदैन जुन अवस्थामा प्रत्यक्ष प्राप्ति महसुस हुने तत्व भनेको दिव्य ज्योतिsupreme light नै हो ।
हो अब हामी यहा“सम्म आइपुग्दा यो निष्कर्षमा पुग्याै कि हामी जुनसुकै धार्मिक सम्प्रदायलाई स्विकार गर्ने सम्प्रदाय होऊँ सबैले प्राप्त गर्न खोजिएको तत्व त्यही
(light) (ज्योति) नै रहेछ । हामी संसारमा त्यही ज्योति (light) लाई परमात्मा, ईश्वर, अल्लाह, परमेश्वर नयम विभिन्न नामले पुकारिरहेछौं । तेरो अल्लाह सानो मेरो नयम ठूलो, तेरो नयम सानो मेरो परमात्मा ठूलो भनेर एक आपसमा अबोध बालकभैm लडिरहेछौं, मरिहेछौं तर दुर्भाग्य संसारका धार्मिक सम्प्रदायका विद्धान्हरू यथार्थलाई बुझ्ने चेष्ठासम्म पनि गरिरहेका छैनन् । यदि यसो भइदिएको भए आज संसार कति सुन्दर हुने थियो होला !
परमात्मा (ब्रहमाण्ड पिता) ज्योतिस्वरूप निराकार अजन्म जसलाई यस पञ्च महाभूतद्वारा निर्मित शरीरका इन्द्रियले देख्न, सुन्न, महसुस, गर्न सकिँदैन जसलाई प्राप्त गर्न सकिँदैन भनेर भगवान् श्री कृष्णले लगभग पाच हजार वर्ष पूर्व नै अर्जुनलाई बताइएको पाइन्छ । त्यस्ता अखण्ड दिव्य ज्योति स्वरूप परमात्मालाई प्राप्त गर्न त इन्द्रिय भन्दा पर “मन” मन भन्दा पर “बुद्धि” बुद्धि भन्दा पनि पर सूक्ष्म आत्मा (ज्योति) मा पुग्नुपर्दछ । तब त्यही आत्मा (ज्योति) द्वारा परमात्मा ज्योतिस्वरूप प्रत्यक्ष हुने सम्भावना हुन सक्दछ । सम्पूर्ण इन्द्रियभोगलाई त्यागी जब योगी आत्मा स्थित (स्थितप्रज्ञ) अवस्थामा पुग्दछ त्यहाँ उसले दिव्यज्योति प्राप्तिको स्थिति महसुस गर्दछ । तब सम्पूर्ण संसार लगायत स्वयम् आफ्नो सशरीरको पनि दृस्य अवलोकन गर्न सक्षम हुन्छ । यही प्रक्रिया प्राप्तिका लागि विकसित पाश्चिमाहरू तँछाड मछाड् गरी meditations, भनी एकोहोरो रटिरहेछन्, पछि लागिरहेछन् ।
अब ध्रुव सत्य तथ्यलाई स्विकार्नुस् कि पक्षीको पिता पक्षी नै, पशुको पिता पशु नै मनुष्यको पिता मनुष्य नै त हो । अझ वनस्पति जगतमा पनि नियाल्नुस् के तपाईंले गहु“ छरेर धान फलाएको देख्नुभएको छ ? यदि प्रकृतिको (ईश्वरीय) नियम नै यही हो भने हामीले आत्मालाई ज्योति स्वरूप स्विकारेपछि ज्योतिस्वरूप आत्माको पिता परमात्मा पनि त दिव्य ज्योति स्वरुप नै हुने भए होइन त ? हो, अब हामीले ध्यान दिनु पर्ने मूल चुरो के हो भने जिसस क्राइस्टले मानवकल्याणको लागि एउटा कृष्णनीति क्रिस्चियन सिद्धान्त ल्याउनुभयो जसलाई स्विकार्नेहरू क्रिस्चियन भए । महात्मा बुद्धले हिंसालाई त्यागी “बोधिसत्व” प्राप्त गर्नुभयो त्यही सिद्धान्त पालना गर्नेहरूलाई बौद्धमार्गी भनियो । त्यसरी नै इब्राहम मो. पैगम्बरले फरक ढङ्गले मानवहितका लागि सिद्धान्त ल्याउनुभयो, उनीहरू मुस्लिम भए ।
एवम् रीतले हरेक धार्मिक सम्प्रदायभित्र पनि चतुर व्यक्तिहरूको दावी हु“दै हरेक धर्मका उप र्धािर्मक गुट हु“दै असङ्ख्य धार्मिक परम्पराको जन्म भएको पाउँदछाँैं । यसको ज्वलन्त उदाहरण हामी आदिसनातन हिन्दुमार्गीहरू भित्र नै पर्याप्त देख्न सक्दछौ जस्तो कि वैष्णव मार्गी, शाक्त मार्गी, जैन, शिख, बौद्ध, आदि इत्यादि के, के हो के के । तसर्थ यहा“ के प्रस्ट हुन्छ भने कुनै महान् व्यक्तिले देश काल परिस्थिति अनुसार मानव कल्याणकारी सिद्धान्त प्रतिपादन गरिदिन्छन् कालान्तरमा उनै महान् व्यक्तिको प्रसङ्गसग जोडिएर नयाँ नयाँ धार्मिक सम्प्रदायहरूको स्थापना भएको पाइन्छ ।
यदि यही तथ्यलाई स्विकार्ने भए एउटै “भागवत गीता”बाट चलाइएको धर्म किन फरक फरक भएर आयो त ? भन्ने प्रश्नमा के बुझ्न सकिन्छ भने संसारका समस्त धार्मिक सम्प्रदायका मानवीय संवेदना हितको लागि हुने मूल भावमा कसैले परिवर्तन गर्न सकेको छैन तापनि प्रक्रिया, कथन, आख्यानमा भने फरक पाइन्छ । किनभने “भागवत गीता” ज्ञानको विशाल महासागर हो जहा“ जसको रुचि चाहना जस्तो छ उसले त्यहा“बाट त्यस्तै प्रकारको ज्ञान सिद्धान्त फुत्त झिकेर संसारलाई नवीन सिद्धान्त हो भनेर प्रमाणित गर्न सक्दछ ।
तसर्थ “भागवत गीता” अर्थात् भगवान वचन ज्ञान कुनै धार्मिक विशेष सम्प्रदायको मात्र धरोहर नभई सम्पूर्ण जगत्मा प्रचलित धार्मिक परम्पराको मूल श्रोत हो ।
अन्त्यमा यी माथिका मेरा भनाइहरु मेरा अनुसन्धान र अध्यनबाट प्राप्त गरेका कुराहरु हुन् । समाजमा विधमान धार्मिक सद्भावप्रति मेरो पूर्ण श्रद्धा छ । यसप्रति आँचपुर्याउने मेरो कुनै उद्देश्य होइन र हुन सक्दैन । ऊ“ शान्ति ।साभार -समाजकाे अावाज पत्रीका, अंक ४