0 COMMENTS

२३ भदौ, काठमाडौं । आन्दोलनकारीले प्रहरी कार्यालयमा आक्रमण गरेपछि बल प्रयोग गर्नुपरेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले बताएका छन् ।

आन्दोलनकारीले जिल्ला न्यायाधीशको क्वाटरसमेत जलाएको उनले बताएका छन् ।

अनलाइनखबरसँग फोनमा कुरा गर्दै प्रजिअ काफ्लेले भने-‘जिल्ला प्रहरी कार्यालयमा आक्रमण भयो । न्यायाधीशको क्वार्टर नै जलाएपछि सामान्य बल प्रयोग गर्नु परिएको हो ।’

आन्दोलनकारी गाउँ-गाउँबाट ट्याक्टरमा भालासहितका घरेलु हतियारसहित आएको सूचना आफूहरुले पाएको प्रजिअ काफ्लेले दाबी गरे ।

महोत्तरीको महेन्द्रचोकमा सुरक्षाकर्मी र आन्दोलनकारीबीच भएको झडपमा प्रहरीले चलाएको गोली लागेर तीन जनाको मृत्यु भएको छ ।

अहिले स्थिति नियन्त्रणमा रहेको र साँझ ८ बजेबाट कर्फ्यू लगाइएको प्रजिअ काफ्लेले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।