0 COMMENTS

  २३ भदौ, राजविराज/ सप्तरीको भारदहमा प्रहरीको गोली लागि एकजनाको मृत्यु भएको छ। राजमार्गमा ढालेको रुख हटाउने क्रममा सुरक्षाकर्मीमाथि आक्रमण भएपछि प्रतिकारमा गोली चलाउँदा रामकृष्ण राउतको मृत्यु भएको हो । प्रमुख जिल्ला अधिकारी विरेन्द्र यादवले स्थिति नियन्त्रणभन्दा बाहिर गएकोले थप क्षती हुन नदिन कर्फ्यू आदेश जारी गरिएको जानकारी दिए । उनले आज पत्रकार सम्मेलन गरी आज दिउँसो २ बजे देखि भोली बिहान ६ बजेसम्मका उक्त अादेश जारी गरिएको छ ।
६० वर्षीय मृतक राउत पोर्ताह–१ का बासिन्दा हुन्। उनको छातीमा गोली लागेको छ। गए रातिदेखि नै सप्तरीको भारहदमा प्रहरी र प्रदर्शनकारीबीच भडप भएको थियो। प्रदर्शनकारीले इलाका प्रहरी कार्यालय भारदहको पूर्व र पश्चिम दुई ठाउँमा रुख ढालेर राजमार्ग अवरुद्ध गरेका थिए। सुरक्षाकर्मीले रुख हटाउन खोजेपछि प्रदर्शनकारीले अवरोध गर्दा झडप भएको थियो। झडप नियन्त्रण गर्न प्रहरीले सुरुमा लाठीचार्ज गरेको थियो।

Saptariमधेसी मोर्चा सम्बद्ध प्रदर्शनकारीहरु राजमार्ग केन्द्रित भएपछि मंगलबार राति प्रहरी स्कर्टिङमा समेत सवारीसाधन सञ्चालन हुन सकेन । सप्तरी अन्तर्गत पूर्व–पश्चिम राजमार्ग खण्डको विभिन्न स्थानमा रुख ढालेर अवरोध गरेपछि प्रहरी स्कर्टिङमा पनि सवारीसाधन सञ्चालन हुन नसकको हो ।
यता निरन्तरको बन्दका कारण यहाँको जनजीवन अक्रान्त बन्दै गएको छ । बाटोमा रहेको ढुंगा, काठको मुढा लागयतका अबरोध हटाउन खोज्दा कञ्चनपुरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । दुबै तर्फबाट ढुंगा हानाहान भइरहेको छ ।

आज बिहान साढे नौबजे प्रहरीले राजमार्गको अवरोध हटाउन खोज्दा भारदहमा प्रहरी र प्रदशर्नकारीबीच झडप भएको छ । प्रदर्शनकारीले प्रहरीलाई लक्षित गरेर ढुंगा हानेपछि भीडलाई तितिरबितर पार्न प्रहरीले २३ राउन्ड अश्रुग्यास प्रहार गरेको छ ।

अश्रुग्यास लागेर एकजना प्रदर्शनकारी सामान्य घाइते भएका छन् । उनको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले १० राउन्ड हवाइ फयार गरेको छ ।

२६ दिनदेखि बजार पसल बन्द गराए पनि मागबारे सुनवाई नभएको भन्दै सप्तरीमा प्रदर्शनकारीहरुले आन्दोलनलाई राजमार्ग केन्द्रित बनएका छन् । भारदहमा एक दर्जन रुखहरु ढालेर राजमार्ग अवरुद्ध बनाईएका छन् । मोटो मोटो बिशाल रुखहरु बाटोमा ढालेपछि राति बाटो सुचारु गर्न सम्भव नभएको हो ।
यस्तै भारदह, कञ्चनपुर, कदमाहा तथा रुपनीमा राजमार्गमै पाल टाँगेर प्रदर्शनकारी बसेका छन् । उनीहरुले प्रदर्शनस्थलमै खाना पकाउने, खाने व्यवस्था मिलाएका छन् ।

पूर्वबाट प्रहरी स्कर्टिङमा आएका ५ सय भन्दा बढी मालबाहक ट्रक तथा यात्रुबाहक बसलाई सुनसरीको झुम्कामै रोकिएको छ । यस्तै पश्चिमबाट प्रहरीले ल्याएको सवारीसाधन सिरहाको मिर्चैयामा रोकिएको छ । ‘सवारीसाधन जसरी पनि सञ्चालनमा ल्याउनु भन्ने माथिको आदेशको छ,’ सप्तरीका प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले भने, ‘रोकिएको गाडी सञ्चालनको व्यवस्था मिलाउँदै छु ।’

यसैगरी प्रहरीको गोलीबाट पोर्ताहा–५ का विजय खिडहरी गम्भीर घाइते भएका छन् । यातायात सुचारु गराउने क्रममा प्रहरीले बल प्रयोग गरेपछि आन्दोलनकारीहरु ढुङ्गामुढा गरेका थिए । सयौंको संख्यामा रहेका आन्दोलनकारीहरु यातायात चल्न नदिनका लागि सडकमै प्रदर्शन जारी राखेपछि अवस्था तनावग्रस्त बन्दै गएपछि प्रहरीले करिब तीस राउण्ड अश्रँृग्याँस तथा १५–२० राउण्ड गोली फायर गरेका थिए ।

आन्दोलनमा एक जनाको मृत्यू तथा केही घाइते भएपछि भारदहको अवस्था तनावग्रस्त बन्न पुगेको छ । यस अघि सप्तरीको भारदहमै गत भदौ १ गते राजिव भनिने राजेन्द्रकुमार राउतको समेत प्रहरीको गोली लागेर मृत्यू भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।