0 COMMENTS

Laxman-Tharu२३ भदौ, काठमाडौं । प्रहरीले मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य लक्ष्मण थारुलाई नियन्त्रणमा लिएको छ । कैलालीको टीकापुर घटनाबारे सोधपुछ गर्न भन्दै प्रहरीले बुधबार थारु नेता चौधरीलाई भैरहवाबाट पक्राउ गरेको हो ।

लुम्विनी अञ्चलका एसएसपी गणेश केसीले थारु पक्राउ परेको पुष्टि गरे । उनका अनुसार टीकापुर घटनाबारे अनुसन्धानका लागि पक्राउ गरिएको हो । थारुलाई अहिले टीकापुर चलान गरिएको छ ।

भैरहवास्थित देवी चौधरीको घरमा रहेको फोरम लोकतान्त्रिकको कार्यालयबाट लक्ष्मण थारुलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले बुधबार भैरहवामा आयोजित कार्यक्रमलाई सम्वोधन गर्न पुगेकाबेला थारुलाई प्रहरीले पक्राउ गरेको अनलाइनखबरलाई जानकारी दिए ।

पूर्वमाओवादी लडाकू कमाण्डरसमेत रहेका थारु फोरम लोकतान्त्रिक पार्टीमा प्रवेश गरेका थिए । कैलालीको फूलबारी निवासी उनले पछिल्लो समय थारु आन्दोलनमा समग्र कैलाली जिल्लाको कमाण्ड सम्हालेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।