0 COMMENTS

Bijay-Gachhadar1काठमाडौं, २२ भदौ । बिजयकुमार गच्छदारको नेतृत्वमा रहेको मधेशी जनअधिकार फोरम लोकतान्त्रिकले संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको औपचारिक घाेषणा सहित संविधानसभाका अध्यक्ष सुवास नेम्वाङलाई लीखीत जानकारी  गराएको छ । मंगलबार दिउसो गच्छदार र उनको नेतृत्वमा रहेको मोर्चाले संविधान निर्माण प्रक्रियाबाट बाहिरिएको औपचारिक जानकारी गराएको हाे ।
संविधान निर्माण प्रक्रियामा ठुला तीन दल नेपाली कांग्रेस, एमाले र एमाओवादीले धोका दिएको भन्दै फोरम लोकतान्त्रिकले लिखितरुपमा प्रक्रियाबाट बाहिरिएको जानकारी सभाअध्यक्षलाई गराएको छ । ‘अहिलेको संविधान निर्माण प्रक्रियाले थारु, मधेसीको मुद्दालाई वाइपास गरयो’ फोरम लोकतान्त्रिकका नेता रामजनम चौधरीले भने ‘थारु र मधेसीको माग सम्बोधन नगर्ने संविधानमा हामी सही छाप गर्दैनौ र बाहिरिने निर्णय गरयौ ।’
संविधान निर्माणको प्रक्रियाबाट बाहिरिएको लिखित जानकारी गराए लगतै गच्छदार मोर्चाको बैठकमा पुगेका छन् । आन्दोलनका थप कार्यक्रम बनाउन मोर्चाको बैठक सुरु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।