0 COMMENTS

काठमाडौं – एमाले नेता राजेन्द्र पाण्डेले डा.गोविन्द केसीलाई अर्को अनशनको तयारी गर्न सुझाव दिएका छन् । त्रिवि शिक्षण अस्पतालका डा.केसीले सरकारसँग ११ बुँदे सहमति गरेर १४ दिन लामो अनसन तोडेको भोली पल्टै एमाले नेता पाण्डेले सम्झौता कार्यान्वन गर्न नदिने चेतानवी दिएका छन् ।
कुराकानीलाई आधार मानेर एसकाठमाडौं डटकमले डा.केसीलाई फेरी अनसन बस्ने तयारी गर्न पाण्डेले सुझाव दिएको समाचार प्रकाशित गरेको छ ।
नेता पाण्डेले डा.केसी विदेशी मेडिकलहरुको प्रभावमा परेर देशभित्रका मेडिकल कलेजहरुलाई ध्वस्त पार्न थालेको आरोप पनि लगाएका छन् । ‘डा.केसीका कतिपय अब्यवहारीक माग र गरिएको सम्झौतामा कार्यान्वयन हुँदैन र हुन पनि सक्दैनन्,’ एमाले नेता पाण्डेले भने ‘केसी फेरी अनसन बस्न सुरु गरे हुन्छ ।’
नेपालमा स्वास्थ्यकर्मी उत्पादन गर्न नदिन देशी विदेशी गिरोह सक्रिय भएको दावी गर्दै पाण्डेले डा।केसी त्यसको मोहरा बनेको बताएका छन् ।
डा।केसी स्वास्थ्य क्षेत्रमा भएको बिकृति अन्त्य गर्न भन्दापनि एमालेका पूर्व अध्यक्ष तथा पहिलो कम्यूनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारीको नामप्रति पूर्वाग्रही भएको बताएका छन् । नेता पाण्डेले भने ‘ जहिले पनि केसी अनसनका उदेश्य दुई वटा हुन्छन् । पहिलो डाक्टर पढ्न चाहने बिद्यार्थीलाई देश बाहिर पठाउनु, दोस्रो मनमोहन नामबाट मेडिकल कलेज खोल्न नदिनु नै हो ।’
‘जुम्लामा डाक्टर अभावले नागरिक मर्दैछन् काठमाडौमा केसी डाक्टर उत्पादन गर्नै हुँदैन भनेर ६ पटक अनसन बसीसके’ पाण्डेले भने ‘एउटा केसी भन्दा लाखौ नागरिकको ज्यान मुल्यबान छ । उहाँलाई मनमोहनप्रति मात्र डाह छ, अन्य कुरा गिरोहबाट सञ्चालित हुनुहुन्छ’ पाण्डेलाई उदृत गर्दे एसकाठमाडौं डटकमले लेखेको छ, ‘यो अहिले आरोप होला, भोली छानविन गर्दै जाँदा प्रमाणित हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।