0 COMMENTS

काठमाडौं, २१ भदौ । संविधान निर्माणमा लागि परेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले संविधानसभा सचिवालयमा तीन पार्टीका तर्फबाट दर्ता गराइएको संविधान संशोधन बिद्येयकमाथीको संयुक्त संशोधन प्रस्तावमा असहमति राख्ने आफ्ना सभासद्हरुलाई चित्त नबुझे पार्टी छोड्न चुनौति दिएका छन् ।
कांग्रेस, एमाले र एमाओवादीका तर्फबाट शनिवार दर्ता गराइएको संशोधन प्रस्तावले आफ्ना मुद्दा संम्वोधन नगरेको गुनासो पोख्न आइतबार विहान दाहाल निवास लाजिम्पाट पुगेका एमाओवादीका सात जना थारु सभासद्हरुलाई उनले भने संविधान कुनै हालतमा जारी गर्न म प्रतिबद्ध छु, तपाईहरुलाई चित्त बुझदैन भने पार्टी छोडेर जानुहोस ।
एक सभासद्का अनुसार पाटीभित्र र बाहिरका राजनीतिक शक्ति तथा अन्तराष्टिय समुदायका खासगरी भारतको तीव्र दवावमा रहेका दाहालले संविधानसभाबाट संविधान जारी नगरे सशस्त्र जनयुद्ध को औचित्य पुष्टि नुहुँने, राजतन्त्र फर्किने, गणतन्त्र संघीयता, धर्म, निरपेक्षता, समावेशी र समानुपातिक प्रतिनिधित्व जस्ता बिषय गुम्ने खतरा पैदा भएका कारण प्राप्त उपलब्धी संस्थागत गरेर थप प्राप्तीका लागि संघर्षको बाटो खुल्ला रहने बताएको अन्नपूर्ण पोष्टमा समाचार छ । ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।